१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवालाई क्षमताअनुसारको काम दिन्छौँ : मुख्यमन्त्री शाही

१२ असार २०७५, मंगलवार १२:०३

असार १२, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका युवालाई क्षमताअनुसारका काम दिने बताउनुभएको छ । 

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले भन्नुभयो, “युवा बेरोजगार संख्या बढ्दो छ । बेरोजगारकै कारण युवा लागुऔषध दुव्र्यसनीमा फस्दा सरकारलाई झनै ठूलो चुनौती थपिएको छ ।” 

सम्पूर्ण युवाको तथ्याङ्क संकलन गरी उनीहरुको सीप तथा क्षमताका आधारमा काम दिने प्रदेश सरकारले नीति ल्याएको उहाँले बताउनुभयो । 

“कर्णाली प्रदेशका युवाको श्रम सीपलाई उत्पादनसँग जोड्न १० वटै जिल्लामा युवाका लागि तालीम केन्द्र खोल्ने र उनीहरुको रुचीअनुसारको सीप दिएर तन्दुरुस्त र दख्खल बनाउँछौँ”, उहाँले भन्नुभयो । लागुऔषध दुव्र्यसनीमा फसेका युवाको जीवन रुपान्तरणका लागि सुधार गृह स्थापना गर्ने योजना रहेको उहाँको भनाइ थियो । 

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले विश्वमा लागुऔषध दुव्र्यसनीको समस्या भयावह अवस्थामा रहेको औँल्याउनुभयो । समाजमा दुस्परिणाम ल्याउने लागुऔषधको कारोवार र अवैध ओसारपसार रोक्न यसलाई कर्णाली प्रदेश सरकारले कार्यसूचीको अग्रभागमा राख्ने कानूनमन्त्री भण्डारीले प्रतिबद्धता गर्नुभयो । 

धेरै युवा कुलतमा फसेर पतनको दिशातर्फ उद्धत भएको टिप्पणी गर्दै उहाँले दुव्र्यसनीमा फसेकाहरुका लागि अनुकूल वातावरण बनाउने तयारीमा सरकार रहेको बताउनुभयो । 

पूर्व लागुऔषध प्रयोगकर्ता तथा भैरव सशक्तीकरण केन्द्र सुर्खेतका अध्यक्ष ललित भट्टराईले उनीहरुप्रति सकारात्मक दृष्टिकोण र सद्व्यवहार गर्न सके परिवर्तन आउने जिकिर गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का