प्रेम सुनार । असार १७, गुल्मी | यहि असार १५ गते गुल्मीको वामीमा फेला परेको शवको जिल्ला प्रहरी कार्यालय गुल्मीले सनाखत गरेको छ । कपडा, कपाल, हातखुट्टा र हातमा लगाएको बालाको आधारमा उनि बाग्लुङ्गको ताराखोला गाउँपालिका वडा नम्वर ४ कि ४६ बर्षिय चन्द्री दर्जि भएको पहिचान भएको सो कार्यालय मुद्धा फाँटका असई सत्यनारायण यादवले जानकारी दिए ।
उनि असार ७ गते घरबाट हिडेको उनका श्रीमान तिलकबहादुर दर्जिले बताएको प्रहरीले जनाएको छ । श्रीमतिको शव दर्जीले बुझेर लगेका छन् ।
स्मरण रहोस: असार १५ गते एकै दिन दुई महिला सहित तीन वटा शव फेला परेको थियो भने दोश्रो दिन एक जनाको लडेर मृत्यु भएको थियो ।