२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० जनाको ज्यान गएको मुस्ताङ दुर्घटनाको कारण यस्तो छ

२०७५, २४ असार आईतवार ०८:१४

असार २४, बागलुङ | बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

टिपर चालककै मृत्यु भएपछि दुर्घटनाको सबै कारण खुल्न नसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुर्घटनामा परी बेनी–जोमसोम–कोरला सडक खण्डमा कार्यरत २० मजदूरको मृत्यु भएको थियो भने १२ जना घाइते छन् । “टिपरले ३२ जना मजदूरसहित बालुवा पनि बोकेको पाइएको छ”, प्रनाउ खड्काले भन्नुभयो, “ओभरलोड र तीव्र गतिले दुर्घटनाग्रस्त भएको प्राररम्भिक अनुसन्धानले देखाएको छ ।” 

टिपर चालक धादिङका २३ वर्षीय सुजन घलानको दुर्घटनास्थलमै मृत्यु भएको थियो । एकातिर कच्ची सडक र अर्कातिर कम उमेरका चालकमा हुने अनुभवको कमीले पनि दुर्घटना निम्तिएको हुन सक्ने बताइएको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा पर्ने बेनी–कोरला सडक खण्डको निर्माणमा खटिएका रोल्पा, दाङ, कैलालीलगायत जिल्लाका मजदूरले दुर्घटनामा ज्यान गुमाएका छन् । 

सबैभन्दा बढी रोल्पाका नौ मजदूरको उक्त दुर्घटनामा ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्षभित्रका छन् । सडक निर्माणको जिम्मा लिएको बिरुवा कन्सट्रक्सनमार्फत मजदूर कामका लागि मुस्ताङ पुगेका थिए । जाडो याम सकिएपछि मजदूरहरु गत फागुनपछि मुस्ताङ पुगेको जनाइएको छ । दुर्घटनामा घाइते १२ जनाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सबैको शव नेपाली सेनाको हेलिकप्टरमार्फत शनिबार पोखरा पुर्याई परिवारलाई जिम्मा लगाइएको छ । रोल्पा र दाङका शव सेनाको हेलिकप्टरबाटै लगिएको थियो । 

बा २ क २२१९ नं को टिपर अपराह्न सडकदेखि झण्डै ४० मिटर तल खसी दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाका घाइतेलाई नेपाली सेना र निजी कम्पनीको हेलिकप्टरबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनास्थल सदरमुकाम जोमसोमदेखि ५० किमीको दूरीमा भएको हुँदा तत्काल उद्धार गरी घाइतेलाई अस्पताल पुर्याउन कठिनाइ उत्पन्न भएको थियो । पाँच गम्भीर घाइतेको उपचारका लागि पोखरा पठाउने तयारी हुँदाहुँदै दुर्घटनास्थलमै मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला