२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी नाकाबाट १७४ नेपाली चेलीको उद्धार

५ श्रावण २०७५, शनिबार ०५:४३

साउन ५, भद्रपुर | माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ । 

मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० जनालाई सिलगुढी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरेको माइती नेपालको काँकडभिट्टास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ । 

मानव बेचबिखनको ट्रान्जिट मानिएका पूर्वको काँकडभिट्टा, पशुपतिनगर र भद्रपुर, जोगवनी नाकामा माइती नेपालले कर्मचारी खटाएर नियमित निगरानी गर्दै आएको छ । 

सन् २०१७ को जनवरीदेखि जुनसम्ममा माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकडभिट्टामा महिला हराएको ८६ वटा घटना दर्ता भएकामा खोजी कार्य गरेर ३० जना फेला परेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो । 

सो अवधिमा मानव बेचबिखनसम्बन्धी तीन वटा र घरेलु हिंसासम्बन्धी दुई वटा मुद्दा अदालतमा दर्ता गराइएको छ । 

त्यसैगरी सोही अविधिमा माइती नेपालले पशुपतिनगर नाकाबाट १९५ जनालाई भारत जानबाट रोकेको छ भने १८ जनाको उद्धार गरेको छ । 

पशुपति नगरमा मानव हराएका ६३ वटा निवेदन परे पनि २२ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको छ । 

त्यसैगरी, जोगवनी नाकामा १२० जनालाई रोकिएको छ भने चारजनाको उद्धार तथा हराएका ३५ जनाको निवेदन परेर पनि १५ जना फेला परेको माइती नेपालले जनाएको छ । चेलीबेटी बेचबिखन रोक्नका लागि माइती नेपाल प्रहरीसँग मिलेर विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो