२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाल गायक अशोक दर्जीलाई अपहरण शैलीमा लगेर बेपत्ता बनाएको भन्दै निवेदन

२०७५, ८ श्रावण मंगलवार १५:१३

साउन ८, झापा | बाल गायक अशोक दर्जीलाई बेपत्ता बनाएको भन्दै संगीतकार टंक बुढाथोकीबिरुद्ध निवेदन दिईएको छ । गायक दर्जीलाई १७ दिनदेखि बेपत्ता बनाएको भन्दै दमक नगरपालिकाको वडा कार्यालयमा निवेदन परेको हो । 

दर्जीलाई बेपत्ता बनाएको भन्दै मोरङको उर्लाबारीस्थित बेथल एजुकेशनल एकाडेमीका प्रिन्सिपल दीपक न्यौपानेले संगीतकार बुढाथोकीले बाल गायक दर्जीलाई बेपत्ता बनाएको भन्दै निवेदन दिएका हुन् । बाल गायक दर्जी बेथल एजुकेशनल एकाडेमीमा अध्ययनरत छात्र हुन् । मंगलबार दमक नगरपालिका वडा नम्बर २ को वडा कार्यालयमा बाल गायक दर्जीलाई लाने बुढाथोकीलाई झिकाई पाऊ भन्दै निवेदन परेपछि सो सम्बन्धि समाचार एकाएक बिभिन्न मिडिया तथा सामाजिक संजालमा छाएका छन् ।


संगीतकार बुढाथोकीले गत असार २३ गते परीक्षा चलिरहेको अवस्थामा बाल गायक दर्जीलाई लिएर गएको तर अहिलेसम्म फिर्ता नल्याएको भन्दै ‘सम्बन्धित व्यक्ति झिकाई पाऊ’ शीर्षकमा निवेदन परेको छ । निवेदनमा दर्जीलाई भोलि नै फिर्ता ल्याउँछु भनि असार २३ गते परीक्षाको चौथो दिन लागेको व्यक्ति टंक बुढाथोकीले आजको मितिसम्म नल्याएको भन्दै बेपत्ता बालक र अपहरण शैलीमा बच्चा लाने व्यक्तिलाई यस कार्यालयमा उपस्थित गराइदिन अनुरोध गरिएको छ ।

यस बिषयमा केहि दिन अघि पनि बिभिन्न मिडियामा समाचारहरु आएका थिए । यसैबीच दमक २ का वडा कार्यालयले निवेदन उपर कारवाहीको लागि प्रक्रिया अघि बढाएको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै