२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिशुको अपहरणपछि हत्या गर्ने अपराधी खोज्दै स्थानीयहरु, औरहीमा दिनभर प्रदर्शन

२०७५, १३ भाद्र बुधबार १५:४६

भदौ १३, महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा आठ महिने शिशुको अपहरणपछि हत्या भएको विरोधमा स्थानीयबासी बुधबार बिहानैदेखि प्रर्दशन गरेका छन् । स्थानीयबासीले दिनभर प्रर्दशन गर्नुका साथै र्‍यालीसमेत निकाले ।

औरही नगरपालिकाका १ का सन्तोष चौधरीको ८ महिने छोरी सोनालीकुमारी गत आइतबार अपहरणपछि हत्या भएको थियो । प्रर्दशनकारीले बिहानदेखि नै बर्दिबास औरही जलेश्वर सडक खण्ड अवरुद्ध पारेका थिए ।

सीसीटीभी फुटेजमा भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहले शिशुलाई लिएर गएको देखिएको भन्दै स्थानीयले उनलाई पक्राउ नगरेकोमा प्रहरीको विरोध गरेका छन् ।

तश्विरमा: बालिका सोनालीको हत्यारा भंगाहा सीतापुर ६ जमुनियाका २५ वर्षीय भरत साहलाई खोज्दै प्रहरी र स्थानीयहरु । साहले खेलाउने बहानामा सन्तोष चौधरीकी आठ महिने छोरीलाई अपहरण गरी लगेका थिए । तस्वीरः धनवीर महतो, महोत्तरी, रासस

प्रहरीले भने उनको खोजी भइरहेको बताएको छ ।साह सिरहा कारागारबाट कैद भुक्तान गरी हालै छुटेको पाइएको प्रहरीले बताएको छ ।

शिशु (बालिका) अपहरणपछि हत्या घटनाले स्थानीय त्रसित भएका छन् । साहले प्रयोग गरेको मोवाइल लोकेसनको आधारमा समेत खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

महोत्तरीका डीएसपी खगेन् बहादुर खड्का पोष्टमार्टम रिपोर्ट आएपछि बालिकाको हत्याको कारण पत्ता लाग्ने बताए ।


माथिको तश्विरमा: महोत्तरी औरहीकी आठ महिने बालिका सोनालीको हत्यारालाई कारवाहीको माग गर्दै बुधबार गरेका प्रदर्शनमा सहभागी स्थानीय महिलाहरु । स्थानीय महिलाहरुको एक समूहले हातमा प्लेकार्ड सहित प्रर्दशन गरेका छन् । तस्वीर: धनवीर महतो, महोत्तरी, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै