२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्खेतमा टिचिङ्ग अस्पताल बनाउने तयारी

२०७५, २० भाद्र बुधबार १६:४८

भदौ २०, सुर्खेत | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मध्यपश्चिमाञ्च क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ्ग अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामा यसअघि टिचिङ्ग अस्पताल बनाउने योजनालाई अब प्रदेश सरकारमा एउटा टिचिङ्ग अस्पताल बनाउनु पर्ने भएकोले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ्ग अस्पताल बनाउने तयारी थालेको हो । 

टिचिङ्ग अस्पताल बनाउन ३ सय शैयाका अस्पताल आवश्यकता पर्ने हुदाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार तयार भएको भए पनि जुम्लामा बिरामीको चाप कम भएकोले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ्ग अस्पताल रुपमा विकास गर्न थालिएको बताइएको छ ।

मध्यपश्चिम क्षेत्रिय अस्पताल सुर्खेतमा टिचिङ्ग अस्पतालका ३ सय शैयाको अस्पताल नभएकोले टिचिङ्ग अस्पतालका रुपमा विकास गर्नका लागि ३ सय ५० शैयाको अस्पताल बनाउन प्रदेश सरकारले तयारी थालेको र सुर्खेतमा नै स्वास्थ्य विज्ञान प्रतिष्ठानले टिचिङ्ग अस्पतालका रुपमा विकास गर्न लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षा अध्ययन प्रमुख प्रा.डा.धर्मराज श्रेष्ठले बताए ।

‘एमबिबिएस पढाई हुनका लागि ३ सय शैयाको अस्पतालमा ६० प्रतिशत बेडमा बिरामी हुनुपर्छ । त्यसका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका त्यो नभएको हुदाँ सुर्खेतमा अस्पतालमा टिचिङ्ग अस्पतालका रुपमा विकास गर्न लागिएको हो’ उनले भने । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्षेत्रीय अस्पताल सुर्खेतका रहेका स्वास्थ्य प्रमुख, बिषेशज्ञ डाक्टर, अन्य कर्मचारीका मिलानका लागि यसै आर्थिक बर्षमा एमयुको काम पुरा हुने र अर्को आर्थिक बर्षमा नै टिचिङ्ग अस्पतालका रुपमा विकास गरेर एमबिबिएस पढाई शुरु गर्न थालिने शिक्षा अध्ययन प्रमुख प्रा. डा.श्रेष्ठले बताए ।

कर्णाली प्रदेशका ६ जिल्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाले एचए. अनमी, ल्याव असिस्टेन्ट र फार्मेसी पढाई गर्ने तयारी थालेको छ । कर्णाली प्रदेशका रुकुम चौरजहारी, मुगुको गमगढी, जाजरकोटको खलङ्गा, कालिकोटको मान्म, जुम्लाको चन्दननाथ र सुर्खेतका वीरेन्द्रनगरमा पढाउने तयारी थालेको हो ।  एचए. अनमी, ल्याव असिस्टेन्ट र फार्मेसी पढाउनका लागि ५० शैयाको अस्पताल आवश्यक पर्ने भएको र त्यसको लागि कर्णाली प्रदेशका ६ जिल्लामा यसको तयारी पुरा भएका कारणले यसै आर्थिक बर्षमा पढाई शुरु हुने प्रतिष्ठानका शिक्षा अध्यायन शाखाका प्रमुख प्रा.डा. श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै