२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्खेतमा टिचिङ्ग अस्पताल बनाउने तयारी

२० भाद्र २०७५, बुधबार १६:४८

भदौ २०, सुर्खेत | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मध्यपश्चिमाञ्च क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ्ग अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामा यसअघि टिचिङ्ग अस्पताल बनाउने योजनालाई अब प्रदेश सरकारमा एउटा टिचिङ्ग अस्पताल बनाउनु पर्ने भएकोले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ्ग अस्पताल बनाउने तयारी थालेको हो । 

टिचिङ्ग अस्पताल बनाउन ३ सय शैयाका अस्पताल आवश्यकता पर्ने हुदाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार तयार भएको भए पनि जुम्लामा बिरामीको चाप कम भएकोले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ्ग अस्पताल रुपमा विकास गर्न थालिएको बताइएको छ ।

मध्यपश्चिम क्षेत्रिय अस्पताल सुर्खेतमा टिचिङ्ग अस्पतालका ३ सय शैयाको अस्पताल नभएकोले टिचिङ्ग अस्पतालका रुपमा विकास गर्नका लागि ३ सय ५० शैयाको अस्पताल बनाउन प्रदेश सरकारले तयारी थालेको र सुर्खेतमा नै स्वास्थ्य विज्ञान प्रतिष्ठानले टिचिङ्ग अस्पतालका रुपमा विकास गर्न लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षा अध्ययन प्रमुख प्रा.डा.धर्मराज श्रेष्ठले बताए ।

‘एमबिबिएस पढाई हुनका लागि ३ सय शैयाको अस्पतालमा ६० प्रतिशत बेडमा बिरामी हुनुपर्छ । त्यसका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका त्यो नभएको हुदाँ सुर्खेतमा अस्पतालमा टिचिङ्ग अस्पतालका रुपमा विकास गर्न लागिएको हो’ उनले भने । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्षेत्रीय अस्पताल सुर्खेतका रहेका स्वास्थ्य प्रमुख, बिषेशज्ञ डाक्टर, अन्य कर्मचारीका मिलानका लागि यसै आर्थिक बर्षमा एमयुको काम पुरा हुने र अर्को आर्थिक बर्षमा नै टिचिङ्ग अस्पतालका रुपमा विकास गरेर एमबिबिएस पढाई शुरु गर्न थालिने शिक्षा अध्ययन प्रमुख प्रा. डा.श्रेष्ठले बताए ।

कर्णाली प्रदेशका ६ जिल्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाले एचए. अनमी, ल्याव असिस्टेन्ट र फार्मेसी पढाई गर्ने तयारी थालेको छ । कर्णाली प्रदेशका रुकुम चौरजहारी, मुगुको गमगढी, जाजरकोटको खलङ्गा, कालिकोटको मान्म, जुम्लाको चन्दननाथ र सुर्खेतका वीरेन्द्रनगरमा पढाउने तयारी थालेको हो ।  एचए. अनमी, ल्याव असिस्टेन्ट र फार्मेसी पढाउनका लागि ५० शैयाको अस्पताल आवश्यक पर्ने भएको र त्यसको लागि कर्णाली प्रदेशका ६ जिल्लामा यसको तयारी पुरा भएका कारणले यसै आर्थिक बर्षमा पढाई शुरु हुने प्रतिष्ठानका शिक्षा अध्यायन शाखाका प्रमुख प्रा.डा. श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य