२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकी संहिताले सम्वन्ध विच्छेद बढायो, २१ दिनमा १४ पुरुषद्वारा मुद्दा दर्ता

२२ भाद्र २०७५, शुक्रबार १६:५८

भदौ २२, सुर्खेत । भदौ १ गतेदेखी मुलुकमा नयाँ मुलुकी संहिता लागू भएको शनिवार (आज) २३ दिन भएको छ । २१ दिनमा सुर्खेतमा सम्वन्ध विच्छेदका ३० मुद्दा दर्ता भएका छन् । यी मध्ये १४ जना पुरुषले सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । बाँकी १६ मुद्दा भने महिलाले पती विरुद्ध सम्वन्ध विच्छेदका लागि मुद्दा दायर गरेका छन् ।

‘पहिले पुरुषले कहिलेकाहीँ मात्रै अदालतमा सम्बन्धविच्छेद गरिपाउँ भनेर अदालतमा मुद्दा हाल्न आउने गरेका थिए,’ विगतलाई स्मरण गर्दै जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रबहादुर मल्लले भने, ‘तर, २१ दिनमा पुरुषहरुले सम्वन्ध विच्छेदका लागि मुद्दा दायर गरेका छन् ।’‘नयाँ मुलुकी संहिता लागू भएको दिनदेखि पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्न आएका छन्,’ उनले भने, ‘उनीहरूले सम्पत्ति हिनामिना गरेको, मन खुशी हिँड्ने गरेको, सम्पर्कमा नआएको दाबीसहित मुद्दा दर्ता गराएका छन् ।’

श्रेस्तेदार मल्लले नयाँ कानूनले पुरुषलाई सम्बन्धविच्छेद गर्न सहज बनाएको बताए । ‘यसअघिको कानूनमा महिलाले मात्रै सहजरुपमा मुद्दा दर्ता गराउने व्यवस्था थियो । पुरुषका लागि सम्बन्धविच्छेद गराउन अदालत जान खोजे लामो र झन्झटिलो प्रक्रिया थियो,’ उनले भने, ‘तर अहिले पुरुषलाई सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न साह्रै सहज भएको छ ।’

तर, महिलाले भने पुरानै हिसाबमा मुद्दा दर्ता गराइरहेको उनको भनाई छ । ‘महिलाले पतीले खान लाउन नदिएको, घरेलु हिंसाजस्ता दाबीसहित मुद्दा दर्ता गराएका छन्,’ उनले भने, ‘उनीहरूको मुद्दाको पनि प्रक्रिया शुरू भइसकेको छ ।’श्रेस्तेदार मल्लले वैदेशिक रोजगारी नै सम्बन्ध विच्छेदको ठुलो कारक रहेको बताए । ‘अहिले अदालतमा आएका मुद्दाको प्रकृति हेर्दा वैदेशिक रोजगार नै प्रमुख कारकको रुपमा देखिन आएको छ,’ उनले भने, ‘दोस्रो कारकको रुपमा लागूऔषध, मदिरा र शंका उपशंका नै सम्बन्धविच्छेदको कारकका रुपमा मैले देखेको छु ।’

जिल्ला अदालत सुर्खेतमा भदौं १ गतेदेखि २१ गतेसम्म जम्मा ६६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ३० वटा सम्बन्धविच्छेदका २५ वटा फौजदारी अभियोग र ११ अन्य मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले गर्ने विवाह दर्ता नयाँ कानून लागू भएसँगै अदालतले विवाह दर्ता गर्ने बाटो खुलेको छ । जिल्ला अदालत सुर्खेतले एक जोडीलाई विवाह दर्ताको प्रमाणपत्र समेत दिइसकेको अदालत स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा