१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

शिक्षक खेताला विद्यालय जेबाला को अवस्था शिर्जना नगर्न सहभागिको आग्रह

१५ माघ २०७२, शुक्रबार १४:३७

दलसिंह गिरी/ माघ १, कालिकोट । जिल्लामा विभिन्न विद्यालयहरुमा निर्माण हुने
भौतिक संरचनाहरु शिक्षक खेताला भने झै विद्यालय जेबाला भन्ने अवस्था शिर्जना नगर्न एक कार्यक्रमका
सहभागिले सरोकारवालाहरुलाई अनुरोध गरेका छन् । २०७२ बैशाख १२ गते र २५ गते नेपालमा गएको विनासकारी
भुकम्पले शिक्षा लगायत अन्य क्षेत्रमा पारेको असरलाई न्यूनिकरण गर्न नेपाल सरकारले ल्याएको भौतिक
संरचनात्मक योजनाहरु जेबालाको रुपमा निर्माण नगर्न/नगराउन सरोकारवाला निकायलाई अनुरोध गरेका हुन्

जिल्ला शिक्षा कार्यालय कालिकोटको समन्वय, सेभद चिल्ड्ेन र
किर्डाक नेपाल कालिकोटको साझेदारीमा संचालित विद्यालय विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत जिल्लामा
विपद जोखिमको अवस्था र आगामी कार्य योजनाबारे छलफल गर्न आयोजित कार्यक्रममा उपस्थित सहभागिहरुले शिक्षा
क्षेत्रमा नीति तथा योजनाहरु निर्माण गर्दा जोखिम न्यूनिकरण तथा उत्थानशिल नीति तथा योजनाहरु निर्माण
गर्न पर्ने बताएका छन् ।

kalikot

किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेले
प्रस्तुत गर्नु भएको डीपेको आठ बृहत्तर बाल केन्द्रीत विपद जोखिम न्युनीकरण परियोजनाको उद्देश्य र
कार्यक्रम संचालित विद्यालयहरुको अवस्थाबारे छलफल गर्दै सहभागिहरुले विपद जोखिम न्यूनिकरणका लागि साना
बालबालिका देखि अभिभावकहरु र सरोकारवाला निकाय सम्म सचेतिकरण अभियान लाई प्राथमिकता करण गर्नुपर्ने
बताएका छन् ।

परियोजना संचालित ५ वटा गाविसका १० वटा विद्यालयका ब्यवस्थापन समिति,
विद्यालयका प्राधाध्यापक, जिल्लामा कृयाशिल विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि,
संचारकर्मी लगायत सरोकारवालाहरुको उपस्थितिमा संचालित कार्यक्रममा विद्यालयमा आधारित विपद् जोखिम
ब्यवस्थापनको माध्यमबाट समुदाय, विद्यालय तथा सम्बन्धित सरोकारवालाहरुमा विपद, उत्थानशीलता बृद्धि
गर्ने, बालकेन्द्रित विपद् जोखिम ब्यवस्थापनको माध्यमबाट विद्यालय सुरक्षालाई प्रवद्र्धन गर्ने, शिक्षा
क्षेत्रमा विपद् जोखिम ब्यवस्थापन कार्यक्रमको मूलप्रवाहीकरणका लागि साझा अवधारणा विकास गर्ने, जस्ता
विभिन्न उद्देश्यले परियोजना संचालन गरिएको किर्डाक नेपाल कालिकोटका संयोजक पाण्डेले बताउनु भयो

हाल जिल्लाका ५ वटा गाविस लालु, माल्कोट, रुप्सा, रकु र मेहलमुडीका १० वटा विद्यालयमा
कार्यक्रम संचालन गरिएको र १५ डिसेम्वर २०१५ देखि नोभेम्बर २०१६ सम्म परियोजना संचालन हुने र यसको कुल
लागत ४२ लाख ५४ हजार २ सय ४० बजेट रहेको पाण्डेले बताउनु भयो ।

नेपालमा यो बर्ष भएको विनासकारी भुकम्पले नेपालभर ३२ लाख बालबालिका प्रभावित भएका छन् भने २
हजार ७ सय ३७ जना बालबालिकाको मृत्यु भएको छ । ३५ हजार भन्दा बढी कक्षाकोठाहरु पूर्ण रुपमा क्षेति भएका
छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव