२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा आफ्नै साथीबाट एकको हत्या, एकजना गम्भीर – यसरी भयो हत्या

२०७५, ६ कार्तिक मंगलवार ०९:५४

कात्तिक ६, परासी | नवलपरासीमा आफ्नै साथीको समुहद्वारा एक पुरुषको हत्या भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् । पुरानो रिसइबीको बिषयलाई लिएर उक्त समुहले पाल्हीनन्दन गाउँपालिका १ सुनरी बस्ने ३६ वर्षीय गणेश मल्लाहको हत्या गरेको हो । मल्लाह सो समुहकै एक सदस्य हुन् । त्यस्तै पाल्हीनन्द गाउँपालिका ३ कुश्मा बस्ने ३६ वर्षीय नर्वदेश्वर चौहान भने गम्भीर घाइते भएका छन् ।

व्यापारको सिलसिलामा उनीहरुबीच एक महिना अघि विवाद भई झगडा समेत भएको थियो । त्यसै झगडाको बिषयलाई लिएर मल्लाह र चौहानसँग बदला लिने निहुँमा उनीहरुमाथि सांघातिक आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणमा परि मल्लाहको मृत्यु भएको छ भने चौहान गम्भीर घाईते भएका छन् । घाइते चौहानलाई जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा उपचार गराईरहिएको छ । मल्लाहको हत्या गरेर फरार रहेकाहरु आक्रमणकारीहरुलाई प्रहरीले खोजि कार्य जारी राखेको छ । 

हत्या भएको दिन अर्थात हिजो राती ९ बजे सरावल गाउँपालिका ६ बडहरा दुबौलियामा रहेको घाइते चौहानको खेती हेरेर मल्लाह र चौहान घर फर्किदै थिए । दुवैजना खेत गएको मौका छोप्दै व्यापारी साथीहरुले प्रतापपुर गाउँपालिका ४ बर्दघाटे पुलमा उनीहरुलाइ भेटेर कुरा गर्ने भनि बोलाएका थिए । 


आक्रमण गर्ने सुमहले बर्दघाटे पुलमा बोलाएर मल्लाह र चौहानलाई मार्ने योजना बनाएका थिए । बर्दघाटे पुलमा मल्लाह र चौहान आएपछि आफ्नो कुरामा अल्झाउँदै पछाडीबाट चौहानको टाउकोमा रड प्रहार भएको थियो । रड प्रहार भएपछि चौहान बेहोस भए । लगत्तै आक्रमणकारीहरुले मल्लाहलाई पनि रडले टाउकोमै हानेर हत्या गरेका थिए । 

राती ११ बजे चौहानलाइ होस आयो र उनि घटनास्थलबाट भागेर घर आए । चौहानले नै सबै घटना प्रहरीलाई सुनाएका थिए । घटना पछि प्रहरीले मल्लाह शवको पोष्ट मार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पतालमा ल्याएको थियो ।

व्यापारकै लागि मल्लाहले करिब ४ लाख रुपैयाँ आफना साथीहरुलाई दिएका थिए, जसको हिसाबकिताब नपाएपछि सहानी र उनका साथीहरुबीच विवाद शुरु भएको थियो । यस बिषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा