२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाहको भोजमा रक्सी खाँदा ३ जनाको मृत्यु

२ पुष २०७५, सोमबार ०७:१६

पुस २, रुकुम | रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको विषाक्त रक्सी सेवन गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

“मृतकले ओरेञ्ज नाम लेखिएको बजारमा पाइने रक्सी खाएर सुतेको पाइयो”, उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले भन्नुभयो, “उक्त रक्सीकै कारण उनीहरुको मृत्यु भएको हुनसक्छ, यसबारेमा थप जानकारी भने शव परीक्षण पछि आउने छ ।” 

मुसिकोट नगरपालिका–१२ जुम्लावाङको एक विवाहमा सहभागी हुन आएका उनीहरु सोही ठाउँमै रक्सी सेवन गरी बेलुका सकुशल सुतेकामा बिहान मृत अवस्थामा फेला परेका थिए । उनीहरुसँगै सुतेका अन्य दुईजना भने सकुशल छन् । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक खड्कासहित जिल्ला अस्पतालका चिकित्सककोे टोली घटनास्थल पुगेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य