२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङ बस दुर्घटना अपडेटः मृतक र घाइते सबैको परिचय खुल्यो, १३ जनाको अवस्था गम्भीर (नामावलीसहित)

२०७५, ७ पुष शनिबार ११:३६

पुस ७, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । शिक्षक तथा विद्यार्थीहरु शैक्षिक अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको हो । बस दुर्घटनामा ठूलो संख्यामा विद्यार्थीहरुको ज्यान गएपछि मृतकका आफन्त र दाङवासी शोकमा डुबेका छन् ।

तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत तुलसीपुर उप–महानगरपालिका –३, राम्री भएको बस दुर्घटना पछि ज्यान गुमाएकाहरुको शव अस्पतालमा ल्याउँदा मृतकका आफन्त र स्थानीयवासी स्तब्ध भएका थिए । बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा दुर्घटनास्थलबाट चार महिला र १९ पुरुष गरी अहिलेसम्म २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । गाडी तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शवको सनाखत गर्ने कार्य जारी रहेको छ । दुर्घटनामा पाँच महिला १० पुरुष गरी जम्मा १५ जना घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचार भैरहेको छ ।

जुम्ला कन्कासुन्दरी गाउँपालिका–५ का २० वर्षीय वीरेन्द्र कण्डराको आज बिहान उपचारको क्रममा नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको छ

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार जुम्ला चन्दननाथ नगरपालिका–६, बस्ने १६ वर्षकी कुसुम रावल, दाङ बबई गाउँपालिका–५, बस्ने २१ वर्षकी कबिता खत्री, जाजरकोट भेरीगंगा नगरपालिका–४, बस्ने १७ वर्षका आतिस नेपाली, कञ्चनपुर कृष्णपुर नगरपालिका–५, बस्ने १७ वर्षका खेमराज भट्ट, जुम्ला चन्दननाथ नगरपालिका–३, बस्ने १७ वर्षका हिक्मत बोहरा, दाङ घोराही उपमहानगरपालिका–१७, बस्ने २८ वर्षका प्रदीप घिमिरेको दुर्घटनामा ज्यान गएको छ ।

त्यस्तै दाङ दंगिशरण गाउँपालिका–१, बस्ने २० वर्षका संजित रतगैया, जुम्ला कन्कासुन्दरी गाउँपालिका–५, घर भएका २० वर्षका बिरेन्द्र कडारा, रुकुम भुमे गाउँपालिका–६, बस्ने २८ वर्षका नरेस वली, दाङ घोराही १४ बस्ने १९ वर्षका बिजय घर्ती, जुम्ला हिमा गाउँपालिका–५, बस्ने १७ वर्षकी शैलजा शाही, दाङ घोराही ३ बस्ने २६ वर्षका मदन खत्रीको पनि दुर्घटनामा ज्यान गएको छ । सनाखत भएका मध्य सातजनाको शव आफन्तहरुले बुझेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा जुम्ला जिल्ला तातोपानी गाउँपालिकाकी १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दनाथ गाउँपालिका ३ का १६ वर्षका कुशेन्द्र खत्री, दाङ जिल्ला घोराही उपमहानगरपालिका १५ रतनपुरकी १७ वर्षीया समीक्षा रोकाया, अछाम जिल्ला मंगलसेन नगरपालिकाका १८ वर्षका बिक्रम भण्डारी, रुकुम जिल्ला त्रिबेणी गाउँपालिका–३, का १६ वर्षका प्रेमबहादुर खड्का, दाङको घोराही उपमहानगरपालिका–१९, स्युजाकी १७ वर्षीया मेनुका रिजाल घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

यस्तै जुम्ला जिल्ला चन्दनाथ गाउँपालिका–२, का १७ वर्षका जीवन भण्डारी, जुम्ला जिल्ला चन्दनाथ गाउँपालिका ४ कि १६ वर्षीया पर्शा रोकाया, अछाम जिल्ला मंलगसैन नगरपालिकाका १९ वर्षका युवराज ढुंगाना, रुकुम जिल्ला सानोभेरी गाउँपालिका–३, कि १६ वर्षीया रोजिना पुन घाइते रहेको प्रहरीले जनाएको छ ।

जिल्ला दाङ घोराही उपमहानगरपालिका १४ बस्ने १८ वर्षका संजय खनाल, जिल्ला रुकुम अर्मा बस्ने १९ वर्षका राजन डाँगी, जिल्ला अछाम मंगलसैन नगरपालिका ५ बस्ने भद्र बिष्ट, जिल्ला रोल्पा घर भएका १७ वर्षका प्रकाश वलीलगायतको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै