२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहमति नजीक

२०७५, ९ पुष सोमबार १३:५४

पुष ९, काठमाडौँ (रासस) | बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का अधिकांश बुँदामा सहमति जुटेको छ । 

प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा त्रिभुवन विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन गर्न सम्बन्धन दिएका पाँचभन्दा बढी मेडिकल कलेजका विषयमा के गर्ने, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत स्वास्थ्य विषयका पठनपाठनलाई कसरी सम्बोधन गर्ने भन्ने दुई बुँदामा मात्र सहमति जुट्न नसकेको बताइन्छ । ती बुँदामा उपसमितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसित आज पनि छलफल गरेको थियो । 

समितिको आजको बैठकमा समितिद्वारा गठित स्वास्थ्य तथा जनसङ्ख्या उपसमितिका संयोजक खगराज अधिकारीले चिकित्सा शिक्षा विधेयको अधिकांश बुँदामा सहमतिको टुङ्गोमा पुगेको र भाषागत शैली मात्र मिलाउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ऐनको भाषा मिलाउने काम मात्र बाँकी रहेको छ, अब केही दिनमा टुङ्गो लाग्छ ।” 

सरकारले प्राडा गोविन्द केसीसँग गरेको पछिल्लो सहमतिअनुसार २२ जना सांसदले सो ऐनमाथि संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउनुभएको थियो । सो संशोधनका बुँदालाई एकीकृत गरी समितिले चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउँदैछ । सहमति जुटेपछि सरकारले यही पुस ११ गतेदेखि शुरु हुने सङ्घीय संसद्को अधिवेशनमा सो विधेयक प्रस्तुत गर्ने तयारीसमेत गरेको छ । 

उपसमितिका संयोजक अधिकारीले बैठकमा सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि, उपकरण तथा जनशक्ति व्यवस्थापनमा गरेका कामका बारेमा मन्त्री तथा सचिवसित जानकारी लिन लागेको जानकारी दिनुभयो । 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिका संयोजक उमेश श्रेष्ठले गणपूरक सङ्ख्या नपुगेर हालसम्म आफ्नो उपसमितिको बैठक बस्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई पटक बैठक आह्वान गरौँ तर गणपूरक सङ्ख्या नै पुगेन ।” 

समितिअन्तर्गत नेपाल इञ्जिनीयरिङ कलेज भक्तपुर चाँगुनारायणको अध्ययन उपसमितिका संयोजक योगेश भट्टराईले सञ्चालक समिति सदस्य बीचको विवादले कलेजको रु २५/३० करोडसम्मको अपचलन भएको देखिएको जानकारी दिनुभयो । सो उपसमितिमा उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य हुनुहुन्थ्यो । 

सो उपसमितिले स्थलगत अध्ययन गरेको थियो । करीब दुई हजार २०० विद्यार्थी अध्ययन गर्ने सो कलेजमा पछिल्लो समय सञ्चालक समितिका बीचमा विवाद देखिएको छ । संयोजक भट्टराईले बैठककमा भन्नुभयो, “कलेजलाई विघटन हुन नदिन हामी सचेत छौँ ।” 

समितिको बैठकमा युवा तथा खेलकूद उपसमितिका संयोजक जीवनराम श्रेष्ठले युवा तथा खेलकूद मन्त्रालयका कामका बारेमा उपसमितिले अध्ययन जारी राखेको जानकारी दिनुभयो । 

बैठकले हालै दाङ र नुवाकोटमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी मृत्यु भएका मृतकजनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै तथा घाइतेको उचित उपचार गर्न सरकारसित मागसमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह