Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

मकाउ पठाइदिन्छु भन्दै ठगि गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ

१० पुष २०७५, मंगलवार ०७:३५

पुस १०, काठमाडौं । मकाउ पठाइदिन्छु भन्दै ठगि गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनाङका उमेश पुन भन्ने राजेशकुमार थापा रहेको प्रहरीले जनाएको छ ।


२०७१ सालमा अनुमति विना नै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी मकाउ पठाइदिने भन्दै डम्बरजंग सारु मगरसमेतलाई ठगी गरेका थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पुस ८ गते काठमाडौंको बानियाँटारबाट पक्राउ गरेको हो ।

उनलाई वैदेशिक रोजगार न्यायाधीकरणले २०७४ असोज ३० गते ३ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । न्यायाधीकरणले थापाबाट पीडित व्यक्तिहरुलाई ठगी गरेको रकमको क्षतिपूर्ति र हर्जना रकमसमेत गरी १३ लाख ५० हजार रुपैयाँ भराइदिन पनि फैसला गरेको थियो ।

थापालाई पक्राउ गरी सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान