२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुम पूर्वमा अनिश्चितकालका लागि कर्फ्यू लगाइयो

२०७५, २० माघ आईतवार १६:१६

माघ २०, रुकुमपूर्व | रुकुमपूर्वको सदरमुकाम बिबादले चरम रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ कर्फ्यू जारी गरेको छ । सदरमुकामको नाम रुकुमकोट राख्ने कि गोल्खाडा हुने भन्ने विवाद चर्किदै जाँदा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको हो । 

रुकुमपूर्वको सदरमुकाम गोल्खाडा हुनुपर्ने भन्दै त्यहाँका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि तनाब बढ्न सक्ने देखेर जिल्ला प्रशासन कार्यालयले साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वले सिस्ने गाउँपालिका ५ धौलापहिरा खोला, पश्चिमा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्म कर्फ्यू आदेश जारी गरेको हो । 

प्रसासन कार्यालयले तोकेको स्थानहरुमा कुनै विरोध प्रदर्शन, सभा/जुलुस र भेला गर्न/गराउन निषेध गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै