९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हराएको रु साढे चार लाख भेटिँदा …

२० माघ २०७५, आईतवार १६:२६

माघ २०, सिन्धुली (रासस) | कमलामाई नगरपालिका– १ बेलटारका खुशबहादुर श्रेष्ठले आफ्नो हराएको रु चार लाख ५० हजार ट्राफिक प्रहरीले फेला पारेर दिएपछि उहाँको खुशीको सीमा नै थिएन । आज काठमाडौँबाट सिन्धुली आउने क्रममा श्रेष्ठको झोला साँटिएको थियो । झोलामा सो रकम फेला पारेपछि ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको टोलीले श्रेष्ठलाई उपलब्ध गराएको हो । 

शान्तिनगर चोकमा झर्नुभएका श्रेष्ठले झोला सडक छेउमा राख्नुभयो । सोही क्रममा उहाँले सडकमा राखेको झोला अर्को यात्रुले बोकेर जानुभयो । दुवै जनाको एकनासको झोला थियो । बच्चालाई बान्ता गराउन खोल्सातिर गएका श्रेष्ठले फर्केपछि मात्र पैसा भएको झोला साटिएको पत्तो पाउनुभयो । तत्काल उहाँले प्रहरीलाई फोन गरी झोला साँटिएको जानकारी गराउनुभयो । प्रहरी सहायक निरीक्षक पाण्डे नेतृत्वको टोलीले झोला खोज्न थाल्नुभयो । 

श्रेष्ठले आफ्नो जस्तै झोला बोकेको व्यक्ति माइक्रो बस चढेर काठमाडौँतर्फ गएको जस्तो लागेको बताएपछि ट्राफिक प्रहरीले कमलामाई नगरपालिका– २ पिपलभञ्ज्याङमा माइक्रो बस जाँच गर्ने क्रममा श्रेष्ठको झोलासँगै रु साढे चार लाख फेला पारेको हो । ट्राफिक प्रहरीले झोला र पैसा श्रेष्ठलाई बुझायो । 

“झोला भेटिँदा निकै खुशी लाग्यो,” प्रहरी सहायक निरीक्षक पाण्डेले भन्नुभयो, “प्रहरीलाई तत्काल खबर गरेकाले पैंसो भेटाउन सम्भव भएको हो ।” समस्या पर्दा आत्तिनु भन्दा प्रहरीलाई खबर गर्नुपर्ने उहाँ बताउनुहुन्छ । श्रेष्ठले कमलामाई नगरपालिकामा १० धुर जग्गा किनेको र दिन बाँकी सो रकम बुझाउन जाँदै गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता शिक्षकहरुले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिए ‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै विद्यालय खुल्ने वातावरण बनाउन माग पोप फ्रान्सिसको निधनपछिका कुराहरू सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु चराङ—छोसेर सडक धमाधम स्तरोन्नति