३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा दैनिक उपभोग्य वस्तुमा मनपरी भाउ

३ फाल्गुन २०७५, शुक्रबार ११:२०

युवराज विष्ट | फागुन ३, भोजपुर | भोजपुरमा दैनिक उपभोग्य सामानमा व्यापारी आफूखुशी मूल्यले स्थानीयवासी मारमा परेका छन् । 

सडकको कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य सामानमा आफूखुशी भाउ तोक्दा स्थानीयवासी मारमा परेका हुन् । नेपाल आयल निगमले तोकेको मूल्यअनुसार खाना पकाउने ग्यास प्रतिसिलिण्डर रु एक हजार ३८० भए पनि जिल्लामा रु एक हजार ८०० सम्म तिर्नुपर्ने बाध्यता छ । 

उपभोक्ताको गुनासो बढ्न थालेपछि उद्योग वाणिज्य सङ्घले व्यापारीलाई राखेर मूल्य समायोजनको पहल गरे पनि कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालयले ताकेता गरेकामा भने व्यापारीले ग्यासको मूल्य रु ५० घटाउन सहमत भएको उद्योग वाणिज्य सङ्घका महासचिव नवीन प्रधानले बताउनुभयो । 

भोजपुरमा तराईबाट सामान ल्याउँदा प्रतिकेजी रु पाँच लाग्ने व्यापारीहरू बताउँछन् । भरिएको ग्यास सिलिण्डरको तौल ४५ किलोग्राम हिसाबले ढुवानी ज्याला जोड्दा पनि जिल्लामा प्रतिसिलिण्डर रू एक हजार ६०५ मा उपलब्ध गराउनुपर्ने उपभोक्ताको भनाइ छ । 

जिल्लामा प्रिमा, सुविधा, काश्यप, रिजालको, कोशी, कन्काई ब्राण्डको ग्यास बिक्री हुन्छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौड्यालले ग्यासको भाउ वैज्ञानिक बनाउन पटकपटक पहल गरे पनि व्यापारीले अटेर गरेको बताउनुभयो । चामल, नून, तेललगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउ पनि पसलैपिच्छे फरकफरक रहेको सर्वसारणको भनाइ छ । 

लक्ष्यभन्दा बढी मुद्दा फैसला 

भोजपुर जिल्ला अदालत लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको छ । वर्षभिरमा ७५ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य भए पनि चालू आर्थिक वर्षको सात महीनामा नै ७२ दशमलव ६८ प्रतिशत मुद्दा फछ्र्योट गरिएको अदालतले आज पत्रकार सम्मलेनमार्फत जानकारी गराएको छ । 

अदालतमा दर्ताभएका २२७ मुद्दामध्ये १६५ मुद्दा फछ्र्योट गरिएको न्यायाधीश हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षदेखि जिम्मेवारी सरेर आएका ५८ मुद्दासहित यो वर्ष २२७ मुद्दा दर्ता भएका थिए । 

आदलतले सो अवधिमा ५१ सम्बन्ध विच्छेदका र जबर्जस्ती करणीका २४ मुद्दा फैसला गरेको छ । अदालतमा सम्बन्ध विच्छेदका ७० र जबर्जस्ती करणीका २७ मुद्दा दर्ता भएका थिए । 

त्यस्तै मेलमिलापका लागि पठाइएको ४९ मुद्दामध्ये २४ वटामा मेलमिलाप गराइएको भने नौ प्रक्रियामा रहेको स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिनुभयो । 

हतुवागढीमा मोबाइल एप्स 

हतुवागढी गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकामार्फत सञ्चालन हुँदै आएका हरेक सेवासुविधा सर्वसाधारणलाई सजिलै जानकारी गराउनका लागि बुधबारदेखि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाका सूचना प्रविधि दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त एप्समा गाउँपालिकाका नौवटै वडा कार्यालयको विवरण, कर्मचारी विवरण, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवालगायत गाउँपालिकाको गतिविधि सजिलै हेर्न सकिने व्यवस्था भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । 

त्यस्तै गाउँपालिकाबाट पारित भएका सम्पूर्ण ऐन कानून, महत्वपूर्ण पर्यटकीयस्थल, आपत्कालीन नम्बर, पनि एप्समार्फत हेर्न सकिने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा आएसँगै जुनसुकै ठाउँमा बसेर पनि गाउँपालिकाले गरेका कामबारे जानकारी पाउने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ