फागुन २५, मनाङ | मनाङको निस्याङ गाउँपालिका–१, क्याङ्दीमा हिम पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
अन्नपूर्ण पदयात्रामा निस्किएका धादिङका अजय ढकाल र नेदरल्याण्डका भिनसेन्ट ब्लुमको हिम पहिरोमा पुरिएर ज्यान गएको हो । हिउँले पुरिएको अवस्थामा ढकालको शुक्रबार साँझ र ब्लुमको शनिबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
पोस्टमर्टमका लागि दुवै जनाको शव हेलिकप्टरबाट काठमाण्डौ पठाएको प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।