२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बाँके–बर्दियालाई कर्णालीमा गाभ्न बहस

४ चैत्र २०७५, सोमबार ०६:५५

चैत ४, सुर्खेत | प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको बताए । 

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शीर्ष नेताहरूको सर्मथनबिना बाँके–बर्दियालाई कर्णालीमा गाभ्ने अभियान सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि दलीय पहलकदमी जरुरी छ, नेताहरूले यो अभियानको अगुवाइ गर्न हुनुपर्छ ।” 

अध्यक्ष रावतले प्रदेश विभाजनले कर्णाली र बाँके–बर्दियाबीचको भावनात्मक सम्बन्धलाई कमजोर बनाएको टिप्पणी गर्नुभयो । कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्रबहादुर अधिकारीले एउटै अञ्चलमा रहेका बाँके–बर्दिया र सुर्खेतबीच व्यापारिक मात्र नभई सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का सदस्य नरेन्द्र शर्माले साझा सवालमा अलग प्रदेश भनेर मौन बस्न नहुने धारणा राख्नुभयो । अन्तरक्रियामा व्यवसायीले अन्य जिल्लाको कर्णालीको राजधानी सुर्खेतसँग दूरी छोटिँदै गए पनि प्रादेशिक विभाजनले भावनात्मक दरार उत्पन्न गराएको बताए । व्यवसायीले औद्योगिक विकासका लागि सुर्खेतलाई दक्षिणी नाका तथा बाँके–बर्दियालाई प्रशासनिक छरितोका लागि सुर्खेत आवश्यक पर्ने निचोड निकालेका थिए । 

खोला क्षेत्र फराकिलो पारिँदै 

वीरेन्द्रनगरको इत्राम खोला क्षेत्र फराकिलो पार्नुका साथै तटबन्ध निर्माण शुरु गरिएको छ । चुरे पहाडबाट बग्ने बाढीले वर्षेनी तल्लो तटीय क्षेत्रमा धनजनको क्षति गराउन थालेपछि तटबन्ध निर्माण शुरु गरिएको हो । 

तटबन्ध निर्माणले वीरेन्द्रनगर वडा नं ९ र १० को सिमाना हुँदै अनियन्त्रित बग्ने खोलाबाट हुने क्षति रोक्ने बताइएको छ । डिजिभन सिँचाइ कार्यालय सुर्खेतले झण्डै रु १७ लाखमा बुलबुलेदेखि दक्षिण क्षेत्रमा १० मिटरको तटबन्ध निर्माण थालेको हो । 

“यसअघि इत्राम खोला बुलबुले क्षेत्रबाट अनियन्त्रित भएर बग्थ्यो”, वीरेन्द्रनगर–९ का अध्यक्ष सुरेश मानन्धरले भन्नुभयो, “तटबन्ध बनेपछि पानीलाई एकै ठाउँबाट निकास क्षेत्रमा पुग्न सहज भयो ।” वर्षेनी इत्राम खोलामा आउने बाढीले लाटीकोइलीको पूर्वी क्षेत्र जलमग्न हुने गर्दछ । 

विसं ०७१ साउनमा आएको बाढीले यस क्षेत्रमा धनजनमा ठूलो क्षति पु¥याएको थियो । खोलाको क्षेत्र स्पष्ट नहुँदा धानबालीमा समेत क्षति पु¥याउँदै आएको छ । वडाध्यक्ष मानन्धरले असार मसान्तसम्म तटबन्धको काम सम्पन्न हुने बताउनुभयो । खोला क्षेत्र फराकिलो बनाएपछि किनारमा ग्याबिन जालीमा ढुङ्गा भरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने