२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाईजहाज दुर्घटनामा ज्यान गुमाएका श्रेष्ठको अन्त्येष्टि

२०७६, २ बैशाख सोमबार १६:२२

वैशाख २, दमक (रासस) | सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा हवाईजहाज  दुर्घटनामा आइतबार हिजो ज्यान गुमाएका झापा, विर्तामोडका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको आज अन्त्येष्टि गरिएको छ ।

सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय दरबन्दी भई लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव ल्याई आज जिल्लाको कन्काइ नदीमा अन्त्येष्टि गरिएको हो । श्रेष्ठको शव आज काठमाडाँैबाट गृह जिल्ला ल्याइएको थियो । प्रहरीले सलामी अर्पण गरेको थियो । 

अन्येष्टि कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल, जिल्लाका सुरक्षा अधिकारी र सर्वसाधारणको उपस्थिति रहेको थियो । श्रेष्ठका श्रीमती रेमिला श्रेष्ठ, दुई छोरीहरु शिला र रियान्सु छन् । 

लुक्ला विमानस्थलमा आइतबार विमान दुर्घटनामा परी समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना र प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको समेत मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै