२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा मुख्यमन्त्रीलाई तर्साउन ‘बम’ विस्फोट !

२०७६, १६ बैशाख सोमबार १०:२६

बैशाख १६, काठमाडौं ।  रोल्पामा अज्ञात समूहले बम बिस्फोट गराएको छ । समुहले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थलबाट केही किलाेमिटर पर ‘बम’ विस्फोट गराएका हुन् । 

 नेकपाको राेल्पा जिल्ला कमिटीकाे कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर पर अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सुरु भएको ५ मिनेटपछि विस्फोटको आवाज आएको थियो । 

जिल्ला प्रहरी कार्यालय राेल्पाका डीएसपी दीपक थापाले विस्फोट भएको पुष्टि गर्दै अहिले घटनास्थलमा सुरक्षाकर्मी पठाइएको जानकारी दिए ।

उनले कार्यक्रमस्थलबाट धेरै टाढा विस्फोट भएकाले कार्यक्रम सहज रुपमा चलिरहेको पनि जानकारी दिए । कार्यक्रमस्थलसम्म विस्फोटको आवाज आएपछि कार्यक्रमस्थलमा केहीबेर तनाव समेत भएको बताइएको छ । यद्यपि कार्यक्रम अवरुद्ध नरोकी कडा सुरक्षाबीच जारी राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै