जीवनोपयोगी शिक्षाका लागि हाम्रो दायित्व

Posted on: 27 Apr, 2016

indraman kshertri-इन्द्रमान खत्री

“मिश्र, ग्रीस, मेसोपोटामिया र रोम पनि त्यतिबेलाको शिक्षा केन्द्र पनि या त यताबाट प्रभावित निर्देशित थिए या यताका केन्द्र उताबाट प्रभावित थिए र अरस्तुपूर्व कैयौँ हजार वर्ष अघिदेखि नै शिक्षाको विकास भएको मान्नुपर्दछ तापनि वास्तविक, वैज्ञानिक वा आधुनिक शिक्षाको रुप भने चीनमा कागजको विकास भएसँगै भएको मानिन्छ । ”

“शिक्षा” शब्दसँग शायद सबै परिचत छौं अर्थात् शिक्षा भनेको पढाई हो भन्ने पढ्नेलाई मात्र होइन नपढ्नेलाई पनि थाहा भइसकेको छ । हामी आज जुन कुरालाई युग वा समय भनीरहेका छौं, जुन कुरालाई महत्व दिइरहेका छौं, यो सबैमा शिक्षाको योगदान वा महत्व छ भन्ने कुरा पनि प्रष्ट नै छ र आज हाम्रो वरीपरीका चिनेजानेका, असल, ठूला वा महान् मान्छेहरु सबैमा पढेका मान्छे नै छन्, उनीहरुकै सम्मान र इज्जत भएको देखिन्छ, पाईन्छ, ।

तिनीहरु नै राम्रो जागिर खाएका देखिन्छन्, विदेश पनि उनीहरु नै गएको देखिन्छ, सुनिन्छ र पढेको मान्छे लाई जान्ने, बुभ्ने वा भलाद्मीका रुपमा सबैले सम्मान, आदर, सोधखोज गरेको देखिन्छ र अझ राज्यका ठूला पद र ओहोदामा तिनीहरुकै पहुँच देखिन्छ यसर्थ यो युग पढ्नेहरुकै हो अर्थात जसले धेरै पढ्छ, जसले राम्रो पढ्छ उसैको हो र अझ जसले समसामयिक शिक्षा लिन सक्छ उसैको हो भन्ने कुरा हामीले बुभ्mनुपर्छ र अधिकांशले बुझेका छौंं । तर यहाँ एउटा गम्भीर समस्या छ त्यो हो “आगे होते चेते नहीँ, पिछे चेते होते नहींँ” भन्ने हिन्दी उखान हामीमा लागू भइरहेको छ । किनकी जसले जुन उमेरमा पढ्नु पर्ने हो ।

उसले यो कुरा बुझेकै हुँदैन र पढाई लेखाई अर्थात शिक्षाको महत्व बुभ्mने बेलासम्म उसको उमेर वा समय ढल्की सकेको हुन्छ र थाहा पाएर पनि बुभ्mपचाएर वा कुनै वहाना बनाएर तर्कनु परेका तीता र ताता उदाहरण अधिकांश व्यक्तिहरुका अनुहारमा पढ्न सकिन्छ । जे होस् शिक्षा वा पढाईका बारेमा सबै जानकार छन् र सके आपैm पनि स्कूल क्याम्पसमा धाइरहेका छन् भने कतिपय समय घर्की सकेकाले छोराछोरी र नातिनातिनालाई राम्रो स्कूल अनि राम्रो विषय खोजी खोजी पढ्न पठाएको र गाउँ नै छाडेर शहर पसेको वा अरु काम नगरी बालबच्चाको ख्याल ध्यान गरी साथमै बसेर सहयोग गरेको देखिन्छ ।

त्यसो भए शिक्षा के हो ? शाब्दिक अर्थमा शिक्षा संस्कृतको “शिक्ष्” धातुबाट बनेको हो जसको अर्थ कुनै पनि ज्ञान, सीप वा जीवनमा जीवनका लागि केही सिक्नु, गर्नु, आर्जन गर्नु हो अर्थात् मानवले आप्mनो जीवन उपयोगी ज्ञान, सीप, कला, उद्यम गर्न सिक्नु, योग्य, दक्ष वा सक्षम बन्नु वा बन्न प्रयास गर्नु र अरुलाई सिकाउनु पनि हो ।

त्यसर्थ व्यक्तिले जीवन जिउने प्रयासमा विद्यालय, शिक्षालय, तालिम केन्द्र, कुनै शिक्षक वा व्यक्तिसँग गएर केही पढ्नु, सिक्नु, प्रयास गर्नु नै हो साथै जीवनलाई सार्थक, सक्षम, कर्मशील बनाउन कुनै न कुनै ज्ञान, सीप, प्रविधि वा कला सिक्नु र उद्यमी बन्नु नै शिक्षा हो र परिभाषा जे जति भए पनि हामी स्वयम्ले आप्mनो जीवन रहेसम्म समय र आवश्यकता अनुसार नयाँ कुरा सिकी रहनुपर्दछ र पुराना कुरा वा प्रविधिलाई पुर्नताजगी गरी रहनुपर्दछ यसर्थ पढाई आजीवन र निरन्तर भई रहने क्रिया हो र फेरि जाने बुझेका कुरा अरुलाई सिकाउनु वा पढाउनु पनि शिक्षाको अर्को पक्ष हो ।

शिक्षाको विकासको इतिहास मानव विकासको इतिहाससँगै शुरु भएको हो र वैदिक कालको गुरुकूल शिक्षा नै औपचारिक शिक्षाको रुप हो । शिक्षा विकासको पूरानो इतिहास खोतल्दा पूर्वमा नेपाल नै केन्द्र थियो भन्ने कुरा सगौरव मान्न सकिन्छ किनकी पूर्वीय संस्कृत र धर्म दर्शनको पुस्तक वेदका लेखक वेदव्यास नेपाल मै जन्मेका थिए भनेर मानिई आएको छ ।

विभिन्न ऋषिमुनिका नामसँग हाम्रो वंश सम्बन्ध र गोत्र जोडिएका छन् र त्यसै आधारमा हाम्रा कर्म र संस्कार निर्माण भएका छन् भने यही विशाल हिमश्रृंखलासँगैको काश्मिरका हुन् भनी मानिएका संस्कृत साहित्यका सर्वप्राचीन लेखक सर्जक कालिदास पनि हुन् भने यस समयसम्म उनीहरुको साहित्यको स्तर विकास हुन केही कालखण्ड वा समय त अवश्य पूरा भएको थियो भनी मान्दा शिक्षाको औपचारिक विकास धेरै पुरानो हो तापनि आधिकारिक वा लिखीत ग्रन्थको उपलब्धताको आधार मान्ने हो भने हालको भारत विहारमा पर्ने तक्षशीला र नालन्दा संस्कृत विश्वविद्यालय संस्कृत ग्रन्थ र भारोपेली भाषा परिवारको उद्गम गर्भ हो भने गौरव पनि हो ।

त्यसैले त्यो अनादि कालखण्ड वा त्यो सर्वप्राचीन समय पूर्वको काल्पनिक समयदेखि नै नेपाल र भारतमा पर्ने यहाँको भूभागमा अनौपचारिक र औपचारिक रुपमा गुरुकूल शिक्षा थियो । यसैबाट नै हाम्रो धर्म, संस्कृति र शिक्षाको विजारोपण भई आएको स्वीकार्नु पर्दछ । यसै गरी मिश्र, ग्रीस, मेसोपोटामिया र रोम पनि त्यतिबेलाको शिक्षा केन्द्र पनि या त यताबाट प्रभावित निर्देशित थिए या यताका केन्द्र उताबाट प्रभावित थिए र अरस्तुपूर्व कैयौँ हजार वर्ष अघिदेखि नै शिक्षाको विकास भएको मान्नुपर्दछ तापनि वास्तविक, वैज्ञानिक वा आधुनिक शिक्षाको रुप भने चीनमा कागजको विकास भएसँगै भएको मानिन्छ । हामीसँग शिक्षाको यति लामो गौरवपूर्ण इतिहास भएपनि आज हामी अशिक्षीत अनि गरिबीको वज्रपात सहेर बसीरहेका छौं, किन ? यसर्थ हामीले जानी रहेको कुरा “बुढा मरे भाषा सरे” भन्ने उक्ति हामीमा नै विडम्वना बनीरहेको छ ।

जर्मनका गोथेले सोह्रौं शताब्दीमा भारत आई संस्कृत साहित्यको अध्ययन गरी फर्के पछि जर्मन र पश्चिमको आधुनिक शिक्षा जगतमा विकास आएको भन्ने भनाई पाईन्छ तर हामी नै किन पछि परेका छौं त ? ज्ञात अज्ञात कारणहरु थुप्रै होलान् र अनुसन्धानको आवश्यकता पनि पर्न सक्छ तर हाम्रो देशको शिक्षा अभैm पनि पछाडि छ र विश्वभरी मान्यता पाउन पनि सकीरहेको छैन र हामीलाई अपठीत र गरीब नै भनीएको छ । अनौपचारिक रुपमा शिक्षा जे सुकै भएपनि औपचारिक शिक्षाको प्रमाणपत्र जबसम्म अन्तर्राष्ट्रिय बजारमा देखाउन संिकंदैन तबसम्म हामी पछाडि नै हुनेछौं र हामीले गरेका काम वा श्रम तुच्छ नै मानिनेछ ।

यसर्थ अब हामीले शिक्षा सबै नेपालीको नैसर्गिक अधिकार मान्दै हरेकलाई औपचारिक शिक्षा हासिल गर्न विद्यालयदेखि विश्वविद्यालयसम्म पुग्न सक्ने बनाउन सक्नै पर्दछ र कुनै पनि कारणले वञ्चितिमा परेका वा असक्षमलाई विद्यालयको द्वारभित्र पसाल्नु नै पर्दछ र फेरि यो विषय यति जटील पनि छ कि राज्यको वर्तमानको सुविधा, विद्यालयको उपलब्धता, भौगोलिक कठिनाई र अज्ञानतालाई जिम्मेवारीका साथ व्यवस्थापन गरीनै पर्दछ ।

हुनत राज्यले माद्यमिक तहसम्म पाठ्यसामग्री सहीत निशुल्क गरेको अवस्थामा समेत बालबालिकाहरु शिक्षाको मूलधारबाट बाहिर छन् किन ? न्यूनतम उपलब्धी हात परेका छैनन् किन ? थुप्रै नयाँ पूराना समस्यामध्ये अत्यन्त असरदार र सबैले जानेर पनि गर्न नसकेको वा नचाहेको कुरा नै शान्तिपूर्ण शैक्षिक वातावरणको निर्माण हो । गरिबी, अज्ञानता, अन्धविश्वास, भौगोलिक अवस्था, जातीय विभेद यी सबै परम्परागत कारण र वाध्यता माथि हाल हाम्रो आकाशमा मडारिइरहेको राजनैतिक अशान्ति नै भयानक समस्या हो भनी स्वीकार्नु पर्दछ ।

पछिल्लो दुई दशकभर देशलाई स्वतन्त्र र प्रजातान्त्रिक प्रणालीमा लैजाने भन्ने चाहनामा देशको शिक्षा नीतिमा कुरीति र वेथिती पसेका कारण आजको शिक्षा र शैक्षिक प्रणाली विग्रन शुरु भयो भने नयाँ सशस्त्र द्वन्द्व पछि पूशर्णतः ध्वस्त भएको छ , फलतः देशलाई नै गम्भीर असर परेको छ । किनकी विद्यालय पढ्ने थलो होईनन् कि भन्ने भ्रम हुने गरी युद्ध र राजनीतिले थिलथिलिएको छ भने यसको पीडा देशले युगभरी र त्यो पुस्ताले जीवनभरी भोगिरहनेछ भने भावी पुस्ताले बाँचुञ्जेल सरापिरहने छ ।

कैयौं विद्यालय सेना र लडाकूका आश्रयस्थल बने, तालिम घर र सेल्टर बने, बम पडकाईए, शिक्षक मारिए, पाता फर्काएर पिटीए, भने बुर्जुवा शिक्षा पढेर केही पाईंदैन भनेर कक्षामै बन्दुक भिराईए, नभत्काएसम्म नयाँ सृजना हुन्न भन्ने प्रशिक्षण दिँदै बाल सैनिक, हुलाकी, सुराकी र भरिया बनाएर भत्काउने जलाउने युद्धमा होमियो भने नारा जुलुशका हतियार बनाईयो ।

यो त्यो होईन सबै राजनीतिक पार्टीका आप्mना गुटका सक्कली पिछलग्गु सेना र नक्कली कार्यकर्ता बनाएर दिमाग र उमेरको चीरहरण गरियो र अझ उदेक लाग्दो अवस्था यो छ कि द्वन्द्वका नायकहरु सत्ता सम्हालिरहेका भएपनि न कुनै किसिमले आकर्षक सुधार गर्न सक्षम छन् न विद्यालयलाई साँच्चिकै शान्तिक्षेत्र बनाउन तयार छन् र फेरि उनै अरुलाई दोष दिंदै र भाषण गर्दै जनताको आँखामा छारो हाल्न चाहन्छन् । यस्तै सयौं मध्येका यी सामान्य लाग्ने केही कारणहरु राज्यस्तरबाट खोजिनु पर्दछ र नागरिक समाज पनि यसमा हातेमालो गर्न तयार छ । त्यसैले यो देशमा जन्मे उम्रेका सबै दलले विगतमा भनेर पनि नगरेको, जानेर पनि लुकाएको रहश्य विद्यालयलाई शान्तिक्षेत्र भनेर घोषणा गर्ने नै हो । यति चरम लापरवाही किन त ? यति नग्न हस्तक्षेप किन त ?

सबै राजनीतिक दलको जन्मस्थान नै शैक्षिक केन्द्रहरु हुनाले नै उनीहरुले यस क्षेत्रलाई सम्मान र माया गर्नुपर्नेमा उल्टो हेलाँ गरीरहेका छन्, दुरुपयोग गरीरहेका छन् र यस सबालमा आजको शिक्षालयभित्र जे जति समस्या छन् ती सबैको जग नै राजनीति र सत्ता दुरुपयोगको कारण भएको भनेर ठोकुवा गर्न सकिन्छ अर्थात कुनैपनि राजनैतिक दललाई यसमा क्षमा गर्ने ठाउँ छैन ।

हो शिक्षकले पढाएनन् किनकी प्रत्यक्ष संगठन र वास्तविकमा पार्टीको कार्यक्रममा गए भन्ने बुभ्mनुपर्दछ, विद्यार्थीले पढेनन् भिडन्त भयो, दुई राजनैतिक पक्ष थिए, चन्दा उठाउन गए पार्टीका लागि, हड्ताल गरे पार्टीको कार्यक्रमका लागि, सञ्चालक समितिको आमचुनाव पार्टीका लागि आदि आदि । कारण यिनै हुन् र यसउसले द्वन्द्व भयो, भिडन्त भयो, पिटीए मारिए, लखेटिए सबै परिणाम नै द्वन्द्वका उपज थिए, छन्  र अन्त्य हुने कुनै गुञ्जायस आज पर्यन्त छैन, फलतः गरीब भनीनेहरु नै चेपीए, भर्खर स्कूल, क्याम्पसको मुख देख्नेहरु पिल्सिए जसले सिक्नु पर्ने हो त्यो नै वञ्चितीमा छ हेर्नुस् त आजसम्म कुनै नेताका छोराछोरी पिटीएका वा मारिएका छैनन् त ?

किनकी उनीहरुका छोराछोरी विदेशमा भएको र गएको त हामीले देखेकै छौं । कुनै नेताका छोराछोरी कुनैपनि परीक्षामा फेल पनि नहुनेसम्मका रहश्य सबैले बुझेकै हुनुपर्छ । त्यसैले सिंगो शिक्षा प्रणाली, शिक्षा जगत, विद्यालय क्षेत्र र भविश्यका कर्णाधारहरु भौतिक र मनोवैज्ञानिक हिंसाबाट पिल्सिएका छन्, यसबाट मुक्ति नपाएसम्म शिक्षा क्षेत्र अर्थात् शिक्षालयहरुले शान्ति प्राप्त गर्न सक्तैनन् र मूलको पानी धमिलो भएकै कारण अरु शाखा सफा हुनुको अर्थ हराएको छ त्यसैले नै अन्य विविध समस्या यो त्यो जे जे देखिएका सुनिएका र थपिएका हुन् वा जोडिएका हुन् सबै राजनैतिक वेथिती वा त्यसबाट निसृत एैजेंरु नै हुन् र तिनकै छत्रछायाँमा उब्जेका हिंसाका प्रतिच्छाँया नै शैक्षिक जगतमा मडारिएको छ ।

अतः आजको चिन्ता यही हो कि हाम्रो शिक्षा प्रणालीमा सुधार हुन निरन्तर निस्वार्थ र योजनावद्ध अनि राजनीतिमुक्त चिन्तनबाट विशुद्ध शैक्षिक कार्यक्रमको थालनी गरेमा मात्र पनि अर्को कुनै युग आउनु पर्छ जुन अभैm हाम्रो वशमा छैन र वर्तमानका नेतागण वा मन्त्री विशेषका ओठे र कोठे कुरा पत्याउन कोही तयार छैन र राज्यले जति लगानी गरे पनि, शान्त र निर्धक्क पढ्ने र पढेको र जानेको कुरा सहर्ष अरुलाई देखाउन वा सिकाउन पाउने वातावरण नै यहाँ छैन अर्थात भौतिक र मानसिक हिंसामुक्त वातावरण छैन । फलतः पढेका पनि बाहिर नै गएकाछन् अनि राम्रो र आधुनिक वा प्राविधिक शिक्षा पढ्ने पनि बाहिर गएकाछन् अर्थात हालको हाम्रो अवस्था राम राम...हरेराम जप्ने मै सीमित छ । अर्थात शिक्षाप्रतिको हाम्रो निरीह चिन्ता यही भएको छ । कुश्मा, पर्वत 

यस बिषयमा तपाइको प्रतिक्रिया...!