“मे” दिवस र नेपाली मजदुर

Posted on: 02 May, 2016

bikram dhungana–विक्रिम ढुंगना “सन् १८८६ मे १ मा  अमेरिकाको सिकागो शहरबाट शुरु भएको मजदुर आन्दोलन, ८ घण्टे कार्यदिनको आन्दोलन ( ८ घण्टा काम, ८ घण्टा मनोरन्जन, ८ घण्टा आराम)को लागि भएको थियो भने नेपालमा वि.स २००३ साल विराटनगरको रघुपति जूट मिलमा भएको मजदुर आन्दोलन भएको देखिन्छ ।”

आज अन्तराष्ट्रिय मजदुर दिवस अर्थात मे १, कतिपय देशमा मजदूरहरुको चाडपर्वको दिन । सन् १८८६ मे १ मा  अमेरिकाको सिकागो शहरबाट शुरु भएको मजदुर आन्दोलन, ८ घण्टे कार्यदिनको आन्दोलन ( ८ घण्टा काम, ८ घण्टा मनोरन्जन, ८ घण्टा आराम) जून आन्दोलनमा ६ जना मजदूरहरुले साहदत प्राप्त गरेका थिए । मजदूर नेता पार्सन, एंगेल्स लगाएतलाई मृत्युदण्ड दिइएको थियो । त्यसपछि अमेरिकामा झन आन्दोलनको आगो सल्कीयो ।

¬अन्ततः मजदूर आन्दोलनले अमेरिका अस्तव्यस्त भयो । सम्पूर्ण अमेरिका शुन्य अबस्थामा पुगेपछि अमेरिकन सरकार घुडा टेक्न बाध्य भयो । त्यो मजदू्रर आन्दोलनको ठूलो विजय थियो । अमेरिकाका मजदूरहरुले निर्णायक आन्दोलनको सुरुवात गरेको मे १ लाई सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको संसारभरका मजदुरहरुको प्रतिनिधिहरुको बैठकले  मे १ लाई अन्तराष्ट्रिय मजदूर दिवसको रुपमा संसार भर  मनाउने निर्णय ग¥यो । त्यतिबेला देखिनै विश्वर भर मजदूर हरुले मे १ लाई मजदूर दिवसका रुपमा विश्वभर मनाउदै आएका छन् ।

मे १ का दिनमा विश्वभरी र नेपालमा पनि विभिन्न कार्यक्रम गरी मे दिवस मनाइन्छ । श्रमिकहरुमाथि मालिकहरुको अत्यचारका विरुद्धमा मजदूरहरुले गरेको आन्दोलनको स्मरण स्वरुप मे दिवस मनाउँदै आउने गरेको छ । नेपालमा वि.स २००३ सालमा विराट नगरको रघुपति जूट मिलमा पहिलो पटक मजदूर आन्दोलनको शुरु भएको थियो । नेपाल एतिहासमा मजदूर आन्दोलन त्यति लामो नभएपनि देशमा चल्ने राजनीतिक आन्दोलनहरुमा मजदूरहरुले महोत्वपूर्ण भूमिका निभाउदै आएका छन् र पनि मजदूरहरुको अबस्थामा न ८ घण्टे जिवन शैली छ न केहि परिर्वतनको अनुभूतिनै भयो ।

सन् १९६७ सालमा प्रकाशन भएको पूजीको प्रथम खण्डमा माक्सले काला र गोरा मजदूरहरुको बर्ग हितका कुरा उठाएका छन् । माक्सले काला मजदूरहरुका सम्पूर्ण  रुपमा मुक्ति नहुदाँ सम्म गोरा मजदूरहरुको मुक्ति हुन नसक्ने कुराको उजागर गरेका थिए । त्यतिमात्र नभई काला र गोरा मजदूरहरुको भेदलाई आलोचना गरी मजदुरका विचमा भेद हैन बर्गीय एकतामा बाँधिन जोड दिएको पाइन्छ । विश्वको हरेक मजदुर आन्दोलन फरकफरक सन्दर्भमा फरकफरक माग पुरा गर्न देखिएता पनि यी सवै आन्दोलनका एउटै उदेश्य मजदुरहरुको राजनैतिक, पेशागत, आर्थिक र सामाजिक मागहरु पुरा गरी मजदुर बर्गमाथि हुने सामाजिक भेदभाव, शोषण र उत्पीडनको अन्त्य गर्नुनै हो । इतिहासमा मजदूरहरुको त्याग र बलिदानबाट पूजीपति र प्रतिक्रियाबादी बर्गलाई पराजीत गरेका छन् । कुनै पनि आन्दोलनमा अन्तिम सम्म आउँदा मजदूर बर्गले हारेका छैन । यसको मुल कारण भनेको मजदूर बर्गहरुे उठाएको माग जायज हुनुनै हो ।  अन्तराष्ट्रिय मजदुर दिवस मनाउनुको मुल मर्म पनि संघर्षप्रति प्रतिबद्धता जनाउनु र अघि बढ्नुनै हो ।

यसै महान अन्तराष्ट्रिय चाड मे दिवसको अबसरमा अखिल नेपाल टे«ड युनियन महासंघले संसारभरका मजदूर बर्गलाई अभिन्नदन गर्न चाहान्छ । यो दिवसको गौरवपूर्ण परम्परालाई कायम राख्दै उच्च क्रान्तिकारी आन्दोलनलाई अगाडी बढाउनुपर्ने आवश्यकतामा जोड दिन्छ । मे दिवसको अबसरमा  समाजबादी क्रान्तिलाई सफल पार्न अगाडी बढाउनुपर्ने आवश्यकता प्रति हामीले विशेष ध्यान दिनुपर्ने आवश्यक छ । यसै अबसरमा हामीले देशको अगाडी भएका गम्भीर प्रकारका राजनीतिक जिम्मेवारी प्रति पनि सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहान्छौं । तत्तकालीन रुपमा नेपालमा संविधान सभा द्वारा लोतान्त्रिक संविधान निर्माण भएको र यो कार्यन्वयनको कार्य हाम्रो अगाडी छ ।

वि.स २००३ साल विराटनगरको रघुपति जूट मिलमा भएको मजदुर आन्दोलन जून भारतीय नागरिकबाट खोलिएको थियो त्यसपछिको राणाहरुले शुरु गरेको उद्योग स्थापना कार्यलाई पछि पञ्चायति शासन कालमा नेपालमा औद्योगिक नीति बनाएर विकास क्षेत्रमा औद्योगिक क्षेत्रको घोषणा गरी उद्योग र कलकारखाना खोल्न आम उद्यमीहरुलाई आह्वान गरेपनि मजदूरहैको श्रमको ज्याला र उनीहरुको काम गर्ने समय एंव मजदूरहरुको हकहितका सुविधा प्रति सरकार अहिले सम्म पनि देखिएको छैन । आज संसारभरका मजदुरहरु एक हौ भन्ने नाराका साथ मे १ का दिन मजदुरहरु सडकमा उत्रिएका छन् । सरकारले पनि मजदुर दिवसका लागि सार्वजानिक विदा र औपचारिक भाषण गर्ने काम बाहेक

मजदुरहरुको हकहितका लागि केहि गरेको छैन । आश्वासन दिने काम बाहेक राज्यले अहिले सम्म केहि गर्न सकेको छैन । श्रमको मुल्य यथोचित पाउन नसकेपछि लाखौको संख्यामा श्रमिक युवाहरु विदेशीने क्रम बढेको छ । यसमा राज्यले चाँसो देखाएको छैन । तर पनि मजदुरहरुले आफ्नो दिवस मनााइरहेका छन् ।

मजदुर बर्ग क्रान्तिको भरपर्दो  र निर्णाय शक्ति हो । यहि शक्तिको दुरुपयोग कतिपय अबसरबादी संगठनहरुले  आफ्नो स्वार्थ पूत्र्ति गर्दै आइरहेका छन् । मजदुरहरुको मुक्तिको अभियानलाई विन्दुमा पुग्न नदिनको लागि विभिन्न प्रतिक्रियाबादी र संशोधनबादी पार्टी संगठनहरु क्रियाशिल रहेका छन् । कुनै पनि आन्दोलनको क्रान्तिकारी परम्परालाई कायम राख्न एउटा सहि नीति र सिद्धान्त बोकेको पार्टी मात्र सक्षम हुने गर्दछ । देशमा राजनीतिक अस्थीरता र विभिन्न कारणले गर्दा आज मजदुर आन्दोलन एकदम कमजोर अबस्थामा पुगेको छ । विभिन्न अबसरबादी संगठनहरुको भ्रमको जालो हटाएर राष्ट्रियताको रक्षा, मजदूरहरुको राजनैतिक, पेशागत, आर्थिक, समाजिक मागहरु पुरा गर्न र आन्दोलनमा मजदुरहरु एकाबद्ध हुन जरुरी र आजको आवश्यकता पनि हो । लेखक अखिल नेपाल ट्रेड युनियन महासंघ पर्वतका अध्यक्ष हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!