२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको

२०७६, २७ बैशाख शुक्रबार ०६:०७

 बैशाख २७, शिबरघान  । अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार तालिबान समूहले अक्चा जिल्लाको एक सुरक्षापोष्टमा आक्रमण गरेका थिए । तर सुरक्षाफौजको कारबाहीमा २७ जना तालिबान लडाकू मारिएका र अरु २० जना घाइते भएको पनि अनिखले जानकारी दिनुभयो ।

उहाँले मारिएका तालिबानीमध्ये एक जना जजानमा तालिबान समूहका छायाँ उप–गभर्नर खैरउल्लाह पनि रहेको बताउनुभयो । 

छिमेकी क्वुस टेपा जिल्लामा सात जना तालिबानीको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् । दुई दिनदेखि जारी भिडन्तका क्रममा सात जना सुरक्षाकर्मीको ज्यान गएको पनि प्रवक्ता अनिखले बताउनुभयो ।


अफगानिस्तानका मुख्य शहरी इलाका र ३४ वटै प्रान्तीय राजधानीहरु सरकारी फौजको नियन्त्रणमा रहे पनि अधिकाँश भूभागमा तालिबानी समूहको कब्जा रहेको छ । अमेरिकी प्रतिनिधिसँग कतारमा प्रत्यक्ष वार्ता गरिरहेको तालिबान समूहले गत अप्रिलदेखि देशैभर व्यापक आक्रामक कारबाही गरिरहेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ