पुस्तक छनौटमा अभिभावकको अधिकार शुन्य , महंगीएका पुस्तकमा कालाबजारी मौलाउँदै

Posted on: 05 May, 2016

indexमहेन्द्र जिसी अहिले जिल्लाका शिक्षालयहरुमा किताब किन्ने र वेच्नेको हतारो चलिरहेको छ । नयाँ  शैक्षीक शत्र शुरु भएसँगै  हतारो बढेको हो ।सामुदायीक तथा निजी शैक्षीक संस्थाका शिक्षक विद्यार्थी तथा अभिभावकहरु पूस्तक व्यवसायी कहाँ लाम लाग्ने गरेका छन । पर्वत पनि  शैक्षीक संस्थाहरुलाई पुस्तक छनौट खरीद र विद्यार्थी भर्नाको हतारो  देखीएको छ ।

पाठ्क्रम भन्दा माथी रहेर पुस्तक छनौट भएका कारण कम गुणस्तरीय पुस्तक विक्रीमा काला बजारी भईरहेको  अभिभाक तथा शिक्षा सरोकारहरुको  आरोप छ । त्यती मात्र होईन कमसल मसी प्रयोग भएका पुस्तक छनौटले वालवालिकाको स्वाथ्यमा  समेत असर देखीएको उनिहरुको गुनासो हो । महंगा पुस्तकले आर्थिक मारसँगै स्वाथ्यमा समेत असर पुगेको   अभिभावकहरुको गुनासो  छ ।

वैशाख महीना अभिभावकको  टाउको दुखाईको महीना हुने गर्दछ । विद्यालय भर्ना शुल्क देखी पुस्तक तथा पाठय समाग्री खरीदले धेरै  जसो अभिभावकको टाउको दुखेको हुन्छ ।

पर्वतमा पनि निजी तथा आवाशिय माविहरुले  पुस्तक छनौट गरेर अभिभाकहरु कहाँ लिस्ट पठाइसकेका छन । भने सामुदायीक विद्यालयहरुमा पनि पुस्तक पु¥याउनको हतारो छ हिजोआज ।  विगतका वर्षमा भन्दा यस वर्ष पुस्तकको मुल्य अध्यधिक बढेको  अभिभाकहरुले गुनासो गरेका  छन । व्यापारीहरुले पनि नाकाबन्दी र भुकम्पको नीउ देखाएर  पुस्तकको मुल्य बढेको बताएका हुन । नेपालमा   कागज उत्पादन नहुने भएका कारण कागजको मुल्य आकाशिएसँगै पुस्तकको मुल्य बढेको  बताउनु हुन्छ पुस्तक व्यवसायी शिव  शर्मा पौडेल भन्छन् ।

पाठ्य क्रम विकास केन्द्रले नेपालका ४०  पुस्तक कम्पनीहरुलाई  मान्यता दिएको भएपनि पुस्तक छनौट प्रकृया गलत भएका कारण अभिभावक मारमा परको शिक्षा सरोकारहरुले बताएका छन । विद्यालय संञ्चालक र व्यापारीको मिलेमोतोमा पुस्तक छनौट गर्ने प्रकृया  गलत भएको उनिहरुको आरोप छ  ।

पछिल्ला दिनमा पर्वतका  निजि  तथा सामुदायी विद्यालयले छनौट गरेको पुस्तक गुणस्तर हिन र वालवालिको स्वाथ्यमा समेत असर पुग्ने खालका रहेको शिक्षा सरोकार पर्वतका संयोजक राजेन्द्र पहाडीले बताउनु भयो । पुस्ताक छनौटमा अभिभाकलाई स्थान नदिने भएका कारण पनि महंगा र कम गुणस्तरका पुस्तक वर्षेनी छनौट हुने  क्रम बढेको    पहाडीको भनाई छ । पहाडीले कमसल मसी प्रयोग भएका पुस्तकले वालवालिकाको स्वाथ्यमा समेत असर पुगेको दावी गरे ।

पुस्तक छनौट प्रकृयामा अभिभावकको  कुनै भुमीका नहुने पर्वत प्याप्सने  जनाएको छ ।   विषयगत  शिक्षकहरुले  पुस्तकको छनौट गर्ने भएका कारण गुणस्तरीय  पुस्तक स्वभावैले महंगा हुने गरेको प्यवसने बताएको हो । प्यावसन अध्यक्ष हिम बहादुर पौडेलले छोराछोरीलाई पढाउने पुस्तक छनौटको अधिकार  अभिभाकहरुसँग नभएको बताउनु भयो ।

पुस्तक छनौट विज्ञहरुको विषय भएका कारण अभिभावकको अधिकार कस्ता पाठय समाग्री किन्ने भन्ने हुँदैन  पौडेलले थप्नुभयो ।संसारमा लागु नभएको कुरा कसरी लागु गर्ने ? पर्वत प्याप्सनले छनौट गरेका कक्षा  १ को पुस्तकको मुल्य मुल्य १५ सय देखी २ हजार सम्म पर्ने गरेको छ । जवकी जनक शिक्षा सामाग्रीले उत्पादन गरेको पुस्तकको मुल्य जम्मा २ सय मात्र छ ।

  यसरी  वालवालिका तानातान गर्ने निजी शैक्षीक संस्थाहरुले  पाठय समाग्री  खरीद र विक्रीमा गरेको  एक लौटि पनाले  अभिभाकहरु मर्कामा पर्दै आएका छन । भने अर्को तर्फ पछिल्ला पुस्तकले वालवालिकाको स्वाथ्यमा समेत असर पुग्ने भएको छ । कमसल कागजग र मसी प्रयोग भएका पुस्तक बजारमा छयापछयापी भएका कारण वालवलिकाको स्वाथ्यमा असर पुग्ने सरोकारहरुको  गुनासो रहेको हो ।

  पुस्तक कम्पनी , व्यवसायी र विद्यालय सञ्चालकको  मिलेमोतोमा कमीसनमा पुस्तक लगाईने हुनाले गुणस्तरीय  पाठय समाग्री भन्दा कमसल र स्वाथ्यमा समेत असर पुग्ने पुस्तक छनौट भएका छन ।  अभिभावकहरको  सहभागिता  विना  आर्थिक मिलेमोतोमा  पुस्तक छनौट हुनुले पनि वालावलिकोको  मानसीक एवं शारीरीक स्वाथ्यमा खेलवाड  हुँदै आएको छ । जस तर्फ अहीले सम्म कुनै  नियामक निकायको चासो अगाढी बढन सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!