४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नीजि विद्यालय, विद्यार्थी संगठन र अभिभावक

२५ बैशाख २०७३, शनिबार ०४:३९

हरेक वष शैक्षिक शत्र शुरु हुने बलामा एउटा नियमित कर्मकाण्डका रूपमा नेपालका निजी स्कुलहरूमाथि विभिन्न राजनीतिक दलहरुका भाद्री संगठनको आँखाका ताराका रुपमा देखिन्छ । अन्य समयमा नभएता पनि शैक्षित्र शत्र शुरु हुने पहिलो महिना विभिन्न विद्यार्थि संगठनलाई मज्जाको मसालका रुपमा हुने गर्छ तर त्यसबाट को कति पीडित छ र संगठनले उठाएका माग सम्बोधन भएका छन् वा छैनन् त्यता भने कसैको ध्यान जान भने सकेको छैन । नीजि विद्यालयमा चर्को शुल्क भएको भन्दै आन्दोलन र शुल्क घटाउनको लागि आवाज उठाउने संगठनहरु बजारमा अभिभावक दिनडाढै लुटिएको तर्फ भने अझै देख्न सकेका छैनन ।

विद्यार्थी संगठनको नीजि विद्यालयको चर्को शुल्कको विषयमा आवाज उठाउनु जायज नै होला, तर पनि अझै अभिभावकले विद्यार्थी संगठनले उठाए अनुसारको राहत भने पाउन सकेका छैनन् यो त केबल विद्यार्थीं संगठनलाई मसलाका रुपमा मात्रै सिमित भएको पाइन्छ ।  नेपालमा आर्थिक उदारीकरणपछि निजी क्षेत्र ठूलो संख्यामा प्रवेश गरेको छ शिक्षामा।

अन्य कैयन् स्कुल गैरमुनाफा श्रेणीमा पनि सञ्चालित छन्। ’मिसनरी’ स्कुलहरू अर्को श्रेणीमा पर्छन् र उनीहरूले आर्थिक सहयोग अन्तर्रा्ष्ट्रिय वा स्थानीय ’मिसन’ बाट पाउने हुनाले पढाइको स्तरीयतासँग पढाइ शुल्क सस्तो हुने गर्छ। नेपालबाट बर्से्नि स्कुल तहबाटै ठूलो संख्यामा विद्यार्थीहरू बाहिर जाने गर्छन्। अर्बौं रुपैयाँ पुँजी पलायन हुने गर्छ। तर विगत दुई दसकमा नेपालमै निजी विद्यालयहरूले स्तरीय शिक्षा दिन थालेकाले पलायनको त्यो प्रवृत्तिमा कमी आएको छ, जुन एउटा सुखद संकेत पनि हो।

देशका विभिन्न ठाउँमा विदेशीको नामराखी विद्यालय संचालन पनि भएका छन् र कति नीजि विद्यालय अभिभावकलाई मारमा पार्ने गरी श्ुल्क अशुल्ने गरेको पनि पाइन्छ । तर कुन स्कुलमा आफ्ना छोराछोरी पढाउने भन्ने निर्णय उनीहरूका अभिभावक हो ।  स्कुलहरूले दिने वातावरण, शिक्षाको स्तरीयता, शुल्क र अन्य गुण–दोष केलाएर समस्याको समधान गर्ने अभिभावक र ’स्कुल प्रबन्धन समितिबीचको विषय हो । जून कुराको समधान नभए कानुनी उपचारको छुट पनि नभएको हैन । दुई पक्षको विचमा तेस्रो पक्ष पस्नु त्यति जाहेज पनि हैन र मानिदैन पनि ।

विद्यार्थी संगठनले नीजि विद्यालय र अभिभावक विचको मध्यस्तको भूमिका निर्वाह गरे राम्रो हुने देखिन्छ । दुई पक्षको विचमा संगठन हाबी हुनुले समस्याको समधान भन्दा पनि बढ्ने देखिन्छ । मारमा पर्ने अभिभावक हुन त्यसैले अभिभावकले आवाज उठाउनुपर्छ भने विद्यालय संचालकले समस्याको समधान गर्न सक्नुपर्छ र विद्यार्थी संगठनले अभिभावक र स्कूल संचालकलाई मिलाउने कोसिस गर्नुपर्छ । अन्यथा नीजि विद्यालयप्रति विद्यार्थी संगठनले उठाएको आवाज निर्थक हुने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’