४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अदालत पुग्दैनन् बहुविवाह पीडित

२६ बैशाख २०७३, आईतवार ०४:२४
पर्वत- राम्जा देउरालीकी खगेश्वरी केसीका ५ छोराछोरी छन्। आठ वर्षअघिसम्म निकै माया गर्ने श्रीमानले दोस्रो विवाह गरेर तिरस्कार गर्न थालेपछि अहिले उनी न्याय खोज्दै गाउँमा भौंतारिएकी छन्। उनी अदालत भने पुगेकी छैनन्।
‘अदालतमा मुद्दा दिँदा थप समस्या निम्तिने त होइन भनेर त्यहाँ जान सकेकी छैन, अन्य सबै ठाउँ पुगिसकें’ सामुदायिक विद्यालयका शिक्षककी पत्नी उनले भनिन्, ‘मुद्दा हाल्दा श्रीमानको जागिरसमेत जाने भएकाले अदालत नगएकी हुँ।’ आजको नागरीकमा खबर छ

प्रावि द्वितीय श्रेणीका उनका श्रीमानले कान्छी पत्नी भिœयाएसँगै आफूलाई यातना दिन थालेको खगेश्वरीले बताइन्। ‘धेरै यातना पाएपछि प्रहरीसम्म पुगें तर तीन मुरी धान र २५ पाथी कोदो फल्ने जमिन पाएकी छु,’ उनले भनिन्, ‘अरु केही पाएकी छैन।’ उनले श्रीमानले उपलब्ध गराएको जमिनले ६ जना छोराछोरी र आफूलाई बिहानबेलुका खान नपुग्ने बताइन्। ‘कम्तीमा छोराछोरीले बाबुबाट पाउनुपर्ने माया र राम्रोसँग पढ्न पाउने वातावरण भए हुन्थ्यो,’ न्याय खोज्दै सदरमुकाम आएकी उनले भनिन्, ‘आठ वर्ष भयो, मैले न्याय कहिले पाउने?’

कुश्मा नगरपालिका, पाङकी अमृता चदाराले पनि विवाह गरेको दुई दशक पुग्यो तर उनले १६ वर्षदेखि पतिको माया पाउन सकेकी छैनन्। अमृतालाई विवाह गरेपछि घरमा कान्छी पत्नी भिœयाएका श्रीमानले उनलाई दैनिक यातना दिन्छन्। उनले भनिन्, ‘आठ वर्षकी छोरी छ, न्याय खोज्न जाने प्रयास गर्दा श्रीमानले धम्की दिन्छन्, अब मैले कसरी न्याय पाउने?’

कुश्मा नगरपालिका, दुर्लुङकी अनु थापा पनि बहुविवाहको पीडामा छिन्। ‘सन्तान नजन्माएको निहँुमा श्रीमानले अर्को विवाह गरेर मलाई बेवास्ता गरेका छन्’ अनुले भनिन्, ‘गाडी चलाउँदै आएका श्रीमान विवाह गरेर बेपत्ता भएपछि म बिचल्लीमा छु।’

अनुका अनुसार उनका श्रीमान फागुन १० देखि दोस्रो विवाह गरेर सम्पर्कविहीन भएका हुन्। श्रीमान फर्केर आउने र आफ्नो गुमेको माया फर्काउने आशामा अदालत जान नसकेको उनले बताइन्।

भगराकी मीना नेपाली पनि श्रीमानले अर्कै युवतीसँग चक्कर चलाएपछि एक्लिएकी छिन्। तीन छोराछोरीकी आमा उनले मलेसिया पुगेका श्रीमानले उतै अर्को विवाह गरेको बताइन्। ‘कतै माया फर्काइ पो हाल्छन् कि भनेर अदालत पुगेकी छैन,’ उनले भनिन्, ‘धैर्य पनि कति दिनसम्म गर्न सकिएला र।’

खगेश्वरी, अमृता, अनु, र मीना त बहुविवाहबाट पीडित प्रतिनिधि पात्रमात्रै हुन्। यस्तै पीडा बेहोरिरहेका जिल्लाका ३० जति महिला न्याय खोज्न गाउँमा भौंतारिए पनि अदालत पुग्न भने सकेका छैनन्। बहुविवाह गर्नेलाई तीन वर्ष कैद र २५ हजार रुपैयाँसम्म मात्रै जरिवाना हुने भएका कारण उनीहरू अदालत जान नचाहेको पाइएको छ। तीन वर्षपछि कैदमुक्त भएर पतिले थप पीडा दिने भय उनीहरूमा देखिन्छ।

‘बहुविवाहमा मुद्दा हाले पनि जेठी श्रीमतीलाई उचित क्षतिपूर्ति व्यवस्था कानुनमा नभएका कारण पीडित महिला अदालत धाउँदा थप पीडा भोग्नुपर्ने सोच्न पुग्छन,’ जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्तले भने, ‘त्यसैले पनि महिला अदालत पुग्न नसकेका हुन्।’

पर्वत जिल्ला अदालत, बार इकाइ अध्यक्ष विश्वराज पाण्डेयले भने, तीन वर्षयता पर्वत अदालतमा एउटा पनि बहुविवाहको घटना दर्ता भएको छैन,’ उनले भने, ‘राज्यले अपराध माने पनि बहुविवाह बदर नहुँदा अदालतमा बहुविवाहका मुद्दा नपरेको हुनसक्छ।’ जिल्ला प्रहरी कार्यालयमा १८ वटा बहुविवाहका उजुरी आएका छन्। तर पीडितले अदालत जान अस्वीकार गर्ने गरेको जिल्ला प्रहरी प्रमुख गंगा पन्तले बताइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’