२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सेल्टर , पीडित महिला र बालबालिका

२०७३, ३० बैशाख बिहीबार ०२:०२

लोकतन्त्रको बहाली भएता पनि नेपाल अझै पितृसतात्मक पद्धतिबाट छुटकार पाउन सकेको छैन जसका कारण महिला तथा बालबालिकामाथि      हरेक प्रकारका हिंसाका घटनाहरु सार्वजानिक भैराखेका छन् । ६५ बर्षे लामो कालखण्डपछि नेपालमा नयाँ संविधान जारी भयो जसले देशको उच्च निकायमा महिलाको पहुँचपनि पु¥यायो तर सोहि अनुसारको काम भने अझै हुन सकेको छैन । देशको उच्चपद राष्ट्रप्रमुखमा विद्यादेवी भण्डारी, संविधानसभाको अध्यक्षमा अन्सरी घर्ती मगर र सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सुशिला कार्की पुगिन तर पनि समाजमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाहरुमा कमी आएका छैनन् भने हिंसामा परेका वा पीडित बनेका महिला तथा बालबालिकाको लागि आवश्यक पर्ने सेल्टर निर्माणको थलानी हुन सकेको छैन ।

उपत्यका लगाएत देशका ठूला सहरमा विभिन्न महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाले महिला तथा बालबालिकाको लागि आश्रयस्थलको निर्माण गरी उनीहरुको जीवनमा नयाँपन ल्याउन कोसिस गरेता पनि पर्वतमा भने त्यसो हुन अझै सकेको थिएन । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने जिल्लामा संघसंस्था भएता पनि पीडित बनेका महिला तथा बालबालिकाको लागि आवश्यक पर्ने आश्रयस्थलको निर्माण गर्नुपर्छ उनीहरुको संरक्षण गर्नुपर्छ भन्ने अझै कुनै पनि संघसंस्थाको मनमा आएको थिएन आएको भएपनि सोही अनुसारको काम हुन सकेको थिएन । प्रहरी नायव उपरिक्षक गंगा पन्तले जिल्लामा पीडित बनेका महिला तथा बालबालिकाको लागि आश्रयस्थल तथा सेल्टरको आवश्यकताको अनुभूति गरीन् र जिल्लामा सेल्टर बनाउनको लागि सरोकारवाला निकायसँग समन्वय गरी अभियानलाई सार्थक बनाउनको लागि परिन् जसको उपज पर्वतमा सेल्टर निर्माण हुने भएको छ ।

ढिलै भएपनि जिल्लामा पीडित महिला तथा बालबालिकाको लागि सेल्टरको आवश्यकता भएको यहाँका बुद्धिजिवी र सोही क्षेत्रमा काम गर्ने    सरोकारवाला निकायले महसुस गरेका छन् र प्रनाउ पन्तको अभियानलाई साथमा साथ दिएका  छन् । सेल्टर निर्माणको लागि समिति समेत गठन भएको छ ।  सेल्टर निर्माण अभियान छेपाराको उखान नहोस् र तोकिएको समयमा पारदर्शीता ढंगले निर्माणको कार्य अघि बढोओस् । यसमा राजनीतिक हस्तक्षेप नहोस् । हिंसामा परेका महिला तथा बालकालिकाले सेल्टर निर्माण पनि त्यसको अनुभूति गर्न सकुन यहिनै अभियानको सार्थकता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन