२१ आश्विन २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सरकार किन मौन ? अखण्ड बाग्लुङको लागि बाग्लुङबासीले के बलिनै दिनुपर्ने वा लिनुपर्ने हो ?

११ भाद्र २०७२, शुक्रबार ०५:४०

महेन्द्र केसी । अखण्ड बागलुङ माग गर्दै भइरहेको आन्दोलन चर्किन थालेको छ । संघीय सिमांकन गर्दा बागलुङलाई प्रदेश नम्बर चार र पाँचमा राखिएको भन्दै शुरु भएको आन्दोलनको सुनुवाइ नभएपछि आन्दोलन चर्काउनुपरेको आन्दोलनकारीले बताएका छन् ।

akhanda baglung

आन्दोलनका कार्यक्रमअन्तरगत बिहीबार बागलुङ बजारमा महिलाहरुले थाल ठटाएर प्रदर्शन गरेका थिए् । उनीहरुले बागलुङलाई टुक्राउने कुनै कारण नभएको भन्दै शीर्ष नेताहरुसँग बागलुङ टुक्राउनुपर्ने कारण समेत माग गरेका थिए । विश्वमै चर्चित ढोरपाटन शिकार आरक्ष, त्यहाँ निर्माण हुन लागेको तीन सय मेगवाटको उत्तरगंगा जलविद्युत आयोजना लगायतमाथि आँखा लागेकाले त्यसलाई रोक्न घरबाट थाल लिएर सडकमा आउनु परेको महिला नेतृ लक्ष्मी बाँस्कोटाले बताइन् ।

आन्दोलनलाई सम्बोधन गर्नुको सट्टा सरकाले व्यवस्था गरेपछि यतिबेला बाग्लुङबासीको आन्दोलन झन सशक्त बन्दै गएको हो । विहिवारमात्रै बाग्लुङबासीले जिल्लामा गरेको आन्दोलन अबज्ञा गरेको भन्दै मोटरसाइकल र कारमा तोडफोड तथा आगजानी समेत गरेका थिए । सिमांकनमा बाग्लुङ जिल्लालाई टुक्राएर दुई प्रदेशमा राखिएको विरोधमा यतिबेला हप्ता दश दिन देखि बाग्लुङबासी आन्दोलित भएका छन् । जसका कारण बाग्लुङ जिल्लाको जनजिवन निक्कै कष्ठकर बनेको छ भने जनजिवन निक्कै प्रभावित भएको छ ।

लामो समयसम्म आन्दोलन चलिरहदाँ पनि राज्यले यसलाई गहन रुपमा हेरेको पाइएको छैन जसका कारण बाग्लुङबासी आफ्ना जिल्लाका सभासद्लाई सक्छौ भने जिल्ला बचाऊ हैन भने पद त्याग भनिरहेका छन् तर पनि जिल्लाका नेता बाग्लु्ङ जिल्लालाई टुक्राउनको लागि नै तल्लीन भएको आरोप पनि आइरहेका छन् । नेपाली काँग्रेस, एमाओवादी लगाएतका ठूला राजनीतिक दलहरुनै जिल्लालाई टुक्राउनको लागि तल्लीन भएको भन्दै बाग्लुङबासी यतिबेला आक्रोशित भएको अवस्था छ ।

आन्दोलनलाई सरकारले वेवास्था गर्दा यतिबेला जिल्लाबासी आक्रोशित भएका छन् । राज्यले समयमा नै बाग्लुङबासीको मागलाई सम्बोधन नगर्ने हो भने देशका अन्यत्र घटेका घटना जस्तै बाग्लुङमा पनि नघट्लान भन्न पनि सकिने अवस्था छैन । किनकी हिजो सम्म शान्तिरुपमा आन्दोलित भएका बाग्लुङबासीले शान्तिपूर्ण आन्दोलनको अर्थ नबुझ्दा यतिबेला सवारी साधन तोडफोडमा लागेको पनि देख्न सकिन्छ । जसको संकेत अब बाग्लुङबासीको आन्दोलन हिंसातर्फ मोडिदै छ भन्ने पनि संकेत गरेको छ ।

जिल्लामा नाकाबन्दी
आन्दोलन चर्किदै गएपछि बुधबारबाट धौलागिरिमा नाकाबन्दी शुरु गरिएको थियो । धौलागिरि प्रवेश गर्ने कास्की नयाँपुल, गुल्मीको वामीटक्सार लगायतका नाकामा प्रदर्शन गरिरहेका छन् । बागलुङका व्यवसायीक केन्द्रहरु बागलुङ, बुर्तिवाङ, हटिया, कुश्मीसेरा, बरेङ र खर्वाङ बजार ठप्प भएपछि जनजीवन प्रभावित बनेको छ ।

आन्दोलन चर्किदै गएपछि सबै शिक्षण संघ संस्था, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय बन्द भएका छन् । आफ्नो मागको सुनुवाइ नभएसम्म आन्दोलन कायम रहने गीता श्रीसले बताइन् । बागलुङको पश्चिम भेगलाई काटेर प्रदेश नम्बर पाँचमा राखिएकाले त्यो पश्चिमवासीलाई मान्य नहुने उनको भनाइ छ । अखण्ड बागलुङको माग गर्दै गलकोट बजार सात दिनदेखि ठप्प बनेको छ । बुर्तिवाङ बजार बुधबारदेखि नै बन्द छ । बन्दकाबेला मोटरसाइकल चलाएको भन्दै हटियामा एउटा मोटरसाइकल जलाइएको छ ।

बागलुङमा एउटा ट्याक्सी र एउटा पसलमा तोडफोड गरिएको छ । शीर्ष नेताहरुले बागलुङलाई नटुक्राउने प्रतिबद्धता जाहेर गरेपछि ढुक्क भएका बागलुङबासीलाई धोका दिएकाले आन्दोलन चर्काउनुपरेको नेपाली कांग्रेसका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले बताए । धौलागिरिबाट प्रतिनिधित्व गर्ने सभासद, राजनीतिक दलका नेताहरुले शीर्ष नेता, संवाद समिति, संविधानसभाका अध्यक्ष लगायतलाई आफ्ना मागबारे जानकारी गराएका थिए । सबैले माग सुनुवाइ गर्ने प्रतिबद्धता जनाए पनि बाग्लुङ टुक्राएर संविधानसभामा संविधानको विधेयक पेश भएकाले चर्काउनु परेको एमाले अध्यक्ष श्रीप्रसाद शर्माले बताए ।
शीर्ष नेताको पुत्ला दहन
बाग्लुङ जिल्लालाई टुक्राएर दुई प्रस्ताविक प्रदेशका राखेको भन्दै आन्दोलित भएका बाग्लुङबासीले तीन ठूला दलका शीर्ष नेताको पुत्ला समेत दहन गरेका थिए । बाग्लुङ जिल्लालाई अखण्ड बनाउनको लागि आन्दोलित बनेका बाग्लुङबासीले विहिबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शुसिल कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको पुत्ला दहन गरेका हुन ।

जिल्लालाई अखण्ड कायम गर्नको लागि लगतार हप्ता दिनदेखि आन्दोलित भएका बाग्लुङबासीको मागलाई सम्बोधन गर्ने कुनै पनि राजनीतिक दलबाट नदेखेपछि उनीहरुले विहिबार हटियामा शब यात्रा नै निकाली पुत्ला दहन गरेका हुन । जिल्लाबासीले एकोहोरो शंक बजाउँदै मसाल जुलुस समेत निकालेका थिए । हप्ता दिनसम्म पनि सरकारले आन्दोलनलाई रोक्नको लागि कुनै पनि पहल नगरेका कारण जिल्लाबासी आक्रोषित भएको देखिन्छ । जसका कारण कुनै पनि समयमा कुनै पनि अप्रिय घटना नघट्ला भन्न सकिने स्थीति पनि छैन ।

अखण्ड बाग्लुङको लागि बाग्लुङबासीले के बलिनै दिनुपर्ने वा लिनुपर्ने हो ?
लामो समयसम्म चलिरहेको आन्दोलनलाई सरकारले वेवास्था गर्दा अखण्ड बाग्लुङ जिल्लाको लागि बाग्लुङबासीले के बलि र्नै दिनुपर्ने हो या लिनुपर्ने हो भन्ने पनि प्रश्न उठ्न थालेको छ । अखण्ड बाग्लुङको लागि, आफ्नो पहिचान र सामाथ्र्यको लागि अब बाग्लुङबासीले के अब तराईमा भएको थारु आन्दोलन जस्तै गरी सडकमा घरेलू हतियार सहित उत्रिन पर्ने हो या त्यस्तै प्रकृतिको अमानविय कुर हिंसा गर्नुपर्ने हो, कि जिल्लाबासीले आफ्नो बलिदान नै दिनुपर्नै हो ।

पहिचार, समाथ्र्य र अखण्ड जिल्लाको माग गर्दै सडक संघर्षमा उत्रिएका बाग्लुङबासी अब कुनै पनि हालतमा आफ्नो मागलाई सम्बोधन नगरेसम्म चुप लागेर बस्ने छैन र जिल्लाका सभासद् महोदयलाई जिल्ला टुक्राएर जिल्लामा नै फक्रिन पनि दिने छैन । जून यतिबेला सडकमा देखिएको विरोधले देखाएको छ । जिल्लाबासी आफुनो पहिचान र अखण्ड जिल्लाको लागि प्राणको आहुति पनि दिन तयार छन् भन्ने त्यहाँको दृष्यले देखाएको छ ।

के बुढा, के महिला , के केटाकेटी अहिले आमबाग्लुङबासी अखण्ड बाग्लुङको माग गर्दै सडकमा होमिएका छन् । समयमा नै सरकाले जिल्लाबासीको मागलाई सम्बोधन नगर्ने हो भने र अखण्ड बाग्लुङलाई टुक्रा पार्ने हो भने तराईमा घटेका घटना बाग्लुङमा पनि नघट्ला भन्न सकिदैन त्यसैले यसतर्फ सरकार र राजनीतिक दलले गम्भीर भएर सोच्नु आवश्यक छ ।

जिल्लामा चर्किएको आन्दोलन र बढ्दो जनप्रदर्शनले जिल्लामा हिंसात्मक क्रियाकलाप नगर्ला भन्न सकिदैन । समयमा नै बाग्लुङबासीको मागलाई सम्बोधन नगर्ने हो भने लहरो तान्दा पहरो नखस्ला भन्न सकिदैन यसतर्फ सम्बन्धी निकायले समयमानै सोच्नु आवश्यक छ । अन्यथा आन्दोलन आन्दोलनमा मात्रै सिमिति रहला भन्न सकिदैन । चेतना भया ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कँदै जिम्मेवारी हेरफेरले राप्रपामा विवाद बल्झियो एमाले सांसद शाहीले गरे बालेनको आलोचना : बाढीमा खै उद्धार गरेको ? प्रधानमन्त्रीले अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गर्नुभएको होइन: शंकर पोखरेल अनेरास्ववियु क्रान्तिकारीको आजको बन्दसत्र स्थगित   अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल, पार्टीले हस्तक्षेप गर्दै अखिल क्रान्तिकारी सम्मेलनमा आज पनि झडप, हलमा हात हालाहाल सरकारको योजना : दुई दिनभित्र खोज-उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पबल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन राजेन्द्र लिङ्देन भन्छन्- विपदको क्षति न्युन गर्न सरकार चुक्यो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै