२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्येष्ठ नागरिकको स्थानीय तहले जिम्मेवारी लिनुपर्ने

२०७६, ३० असार सोमबार ११:२६

असार ३०, काठमाडौँ | सन्तान भएर पनि पालनपोषण र हेरचाह नगरेका र सन्तान नहुनेको संरक्षणको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने भएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’को दफावार छलफलमा समितिका सदस्यले ज्येष्ठ नागरिकको जिम्मेवारी स्थानीय तहले लिनुपर्नेमा जोड दिनुभएको हो ।  

समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिकको जिम्मेवारी कसले लिने र उनीहरुको सम्पत्ति कसलाई दिने भन्ने निर्णय उनीहरु आफैँले गनुपर्ने बताउनुभयो । उनीहरुको पालनपोषण गर्ने कोही नहुँदा वा भएर पनि नगर्दा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “अलपत्र परेका ज्येष्ठ नागरिकले जीवनको अन्तिमसम्म पनि शेषपछि कसलाई सम्पत्ति दिने भन्ने निर्णय नगर्दा सो सम्पत्ति स्वतः स्थानीय तहमा जान्छ ।”

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संशोधनका क्रममा रहेको विधेयकमा ज्येष्ठ नागरिकलाई जसले पालनपोषण गर्छ उसलाई सम्पती दिन पाउने व्यवस्था हुने बताउनुभयो । शेषपछिको सम्पत्ति कसलाई दिने भन्ने विषय अरु धेरै कानूनसँग जोडिएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकले कसलाई सम्पत्ति दिने र कसले आफूलाई पाल्ने भन्ने निर्णय गर्न पाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको सम्पत्तिको अधिकारलाई संरक्षण गर्न संसोधित विधेयकमा व्यवस्था रहेको छ ।” 

समितिका सदस्य प्रमिला राईले आफ्नो सम्पत्ति कसलाई दिने भन्ने ज्येष्ठ नागरिक आफैँले निर्णय गर्न पाउनुपर्ने बताउनुभयो । सन्तान वा नजिकका नातेदार नहुनेको जिम्मेवारी स्थानीय तहले लिनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “उनीहरुले सम्पत्ति कसलाई दिने भन्ने निर्णयसमेत ज्येष्ठ नागरिकको हुनुपर्छ ।” समितिका सदस्य गंगा चौधरीले ज्येष्ठ नागरिकलाई अरुले भन्दा आफ्नै सन्तानले माया र हेरचाह गर्ने बताउनुभयो । 

समितिका सदस्य दिव्यमणि राजभण्डारीले समाजअनुसार नै नयाँ बन्ने कानून परिवर्तन हुनुपर्ने बताउनुभयो । महिलाको सम्पत्तिमाथिको अधिकारको व्यवस्था जस्तै ज्येष्ठ नागरिकको पनि आफ्नो सम्पत्तिको अधिकार उनीहरु आफैँको हुनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “बैंकमा हकदार वा सम्पत्तिको हकदार को राख्ने वा चित्त नबुझ्दा परिवर्तन गर्न पाउने अधिकार हुनुपर्छ ।” समितिका सदस्य कृष्ण राईले सन्तानबाहेक अरुले पाल्दा त्यसमा त्यसमा मानवीयता नभएर सम्पत्तिको मोह मात्रै हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जसले पाल्छ उसैलाई सम्पत्ति दिने भन्ने कतै बाबुआमा र सन्तानको झगडा गराएर अरुले सम्पत्तिका लागि म पाल्छु भन्ने हुनसक्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु