२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरकि १४ बर्षीया छात्रालाई ८ दिनदेखि पोखराको होटल राखेर करणी गर्ने शिक्षक पक्राउ

२०७६, ८ श्रावण बुधबार १४:४२

साउन ८, कास्की | कास्की प्रहरीले उदयपुरको म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका २८ बर्षिय शिक्षक राकेश कुमार कानोडियालाई पक्राउ गरेको छ । कानोडियाले उदयपूरकै १४ बर्षिय किशोरीलाई पोखराको होटलमा लगेर बन्धक बनाएको प्रहरीले जनाएको छ । 

प्रहरीको अनुसार १४ बर्षीया छात्रालाई ति शिक्षकले उदयपुरदेखि कास्की पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड डिहिगोपाटन स्थित द कन्ट्री यार्ड होटलमा राखेर करणी गरेका थिए । प्रहरीको अनुसार होटलको एक कोठामा ति शिक्षकले नाबालिकाले प्रयोग गरेको मोबाईल समेत नियन्त्रणमा लिएर अविभावकसंग सम्पर्क समेत गर्न नदिई बन्धक बनाएका थिए  । 

मोरङको बिराटनगरमा स्थायी घर भएका र हाल उदयपुर जिल्ला चौदण्डी न.पा. वडा नं. ७ बस्दै आएका आरोपित शिक्षक उदयपुरकै म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक हुन् । बन्धक बनाई राखिएकी बालिकालाई प्रहरीले उद्दार गरेर अभिभावकको जिम्मा लगाएको छ । 

प्रहरीका अनुसार नाबालिकालाई बिगत ८ दिनदेखी होटलको कोठामा राखेर कानोडियाले जबरजस्ती करणी समेत गरेका थिए । कानोडियालाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै