जितेन्द्र खत्रि, भदौ २१, अर्घाखाँची/ कुमाल समुदायको पेशा र व्यवसाय अहिले संकटमा पर्दै गएको छ । पुरानो पुस्ताका व्यक्तिहरूको बल घट्नु र युवाहरू अन्य रोजगारीमा लाग्नु, विदेशतिर जानु र परम्परागत पेशाप्रति चासो नहुनुले गर्दा यो व्यवसाय संकटमा पर्दै गएको हो ।
माटोका भँडाकुडाहरू घैटो, गमला, हँडी, खुत्रुके, पैनीलगायतका सामाग्री बनाउनु र त्यही बिक्री गरेको भरमा जीविका चलाउनु कुमाल समुदायको पुख्र्र्यौली पेशा हो । सदरमुकाममा मात्रै झण्डै ३०÷४० घर जति कुमाल जातिको बसोवास रहेको छ तर उनीहरू सबै अहिले पुख्र्यौली पेशाबाट गुजरा चलाउन गाह्रो भएको बताउछन् ।
बजारबाट रवर र प्लास्टिकका भाडाहरूको अत्याधिक प्रयोग र कुमाल समुदायकै युवाहरूमा नै आफ्नै पुख्र्यौली पेशाप्रतिको अरूचिका कारण यो पेशा लोपुन्मुख अवस्थामा रहेको उनीहरूको धारणा रहेको छ ।
पुस्तौंदेखि सञ्चालित यो व्यवसाय अब भने सकिनै लागेको सन्धिर्खक किमडाडाका खिम बहादुर कुमालले बताउनुभयो । बाबुको पालामा धेरै चक्र घुमेको गाउ“मा अहिले मुस्किलले एक दुईवटा चक्र घुम्छन् । उहा“का अनुसार माटोका भाडा निर्माण गर्न घुमाईने मेसिनलाई चक्र घुमाउने भनिन्छ ।
यो पेशाका लागि काम गर्न जोश जाँगर र धेरै तागत चाहिने र अहिलेको पुस्ताले यस्तो काम गर्न लाज मान्ने भएकोले पनि समस्या पर्दै गएको बताउनुहुन्छ । कुमालले पेशाका लागि बजार क्षेत्रको अभाव नभएपनि माटोको समस्याका कारण सामान बनाउन नसकेको स्थानीय गोपाल कुमालले बतानुभयो । भाडाकुडा लगायतका सामान बनाउने माटो पाउन निकै गाह्रो छ । राम्रो माटो पाउनलाई ६÷७ मिटर गहिरो सुरूङ खन्नुपर्छ उहा“ले बतानुभयो ।
माटोकै अभावले पनि हाम्रो पेशा संकटमा पर्ने भयो । माटोका भाडाको व्यवसायवाट वार्षिक ५० हजारसम्म आम्दानी हुने भएपनि अहिले हुन नसकेको चन्द्र कुमालको भनाई छ । उत्पादित माटोका भाँडाहरूको बजार सिमित भएकोले आम्दानी धेरै हुन नसकेको उहा“को भनाई छ । पुस्तौंदेखिको आफ्नो पेशा र पहिचान लोपहुने खतरा बढ्दै गएपछि कुमाल समुदाय चिन्तित बनेको छ ।
आफ्नो जातिको पेशा र परम्परा लोप हुन नदिन पछिल्लो पुस्तालाई पनि यो व्यवसाय सिकाउनु पर्ने बृद्ध कुमालहरूको भनाइ रहेको छ तर छोरा नातिहरूलाई सिकाउने प्रयास गरेपनि उनीहरूले चासो नदिदा झनै चिन्ता बढेको उनीहरूको दुखेसो छ ।