२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलाशले उडायो नयाँ हेलिकोप्टर

२०७६, ६ भाद्र शुक्रबार १५:३१

भदौँ ६, काठमाडौँ । दुई वटा हेलिकप्टरबाट सेवा पु¥याइरहेको कैलाश हेलिकप्टर सर्भिस प्रालिले थप एक थान नयाँ हेलिकप्टर सञ्चालनमा ल्याएको छ । कम्पनीको हालै भित्र्याएको हेलिकोप्टरले आजबाट उडान शुरु गरेको हो । योसँगै कम्पनीसँग उडानका लागि तीन हेलिकप्टर भएका छन् ।

कैलाश हेलिकप्टरका बजार निर्देशक प्रतापजङ पाण्डेले ‘नाइन एन एमटी एएस– ३५०’ कलसाइन भएको बी ३ ई हेलिप्टरले आजबाट उडान शुरु गरेको जानकारी दिनुभयो । थपिएको हेलिकप्टरले सङ्घारमा रहेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सहयोग पु¥याउने विश्वास लिइएको छ । विपद्मा उद्धार, राहत वितरण तथा विदेशी पर्यटकलाई लक्षित गरिएको छ । पछिल्लो समय हेलिकप्टरको सेवा प्रयोग गर्ने नेपालीको सङ्ख्या बढ्दो छ ।

कैलाशले बिरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पु¥याउने, ‘कर्पोरेट फ्लाइट,’ ‘ह्युमन कार्गो स्लिङ अपरेसन्स’, ‘हाइअल्टिच्युट अपरेसन’, ‘एरियल सर्भे, दृश्यावलोकन’, ‘माउन्टेन फ्लाइट’, ‘स्पेसल एड्भेञ्चर मिसन’, ‘फिल्मिङ’, ‘स्काई डाइभिङ’ तथा प्राकृतिक प्रकोप उद्धार सेवा दिइरहेको जनाएकोे छ । मुलुकभित्र अहिले १० ओटा हेलिकप्टर सेवा प्रदायक कम्पनी सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का