असार ६, इलाम | इलाम देउमाई नगरपालिका एक (मंगलबारे)का मनिष राई उमेरले १३ वर्ष पुगे । उनकै उमेर समूहका अन्य साथी संगी बिद्यालय जान्छन् । आफुले सक्ने काम गर्छन्, हरेक क्रियाकलापमा भाग लिन्छन् ।
बल प्रयोग गरेरै गरिने सानातिना कामहरु पनि गर्छन् । या भनौ शारिरिक रुपमा उनीहरु तन्दुरुस्त छन् । तर मनिषलाई स्याहार सुसाहार गर्न उनका परिवार हर समय लागिरहनु पर्छ । उनी १५ महिना अघि सम्म शारिरिक रुपमा सक्षम थिए । गत २०७१ साल फागुनबाट उनलाई रोगले च्याप्यो । त्यसपछि उनलाई राम्रो अस्पताल कुदाउँदै उनका परिवारको धेरै समय र खर्च सकिसकेको छ । सुरुमा नेपालका बिभिन्न अस्पताल हुँदै भारतका समेत चर्चित अस्पतालमा रोग पत्ता लगाउन लैजाँदै क्रिण लाग्न थालिककेको उनका परिवार वताउँछन् । भारतको एक अस्पतालमा डाक्टरले क्यान्सर लागेको पुष्टि गर्दै नेपालकै चितवन क्यान्सर अस्पताल लैजान सिफारिस ग¥यो ।
परिवारले मनिषलाई सोहि अनुरुप चितवन स्थित विपि कोइराला मेमोरियल सेन्टर हष्पिटल लगेर उपचार गराउन थाले । उनको घाँटीमा क्यान्सर भएको पुष्टि भएसँगै उपचार सुरु पनि गरियो । आर्थीक रुपले सामान्य मात्र रहेको उनको परिवारले भएको सवै सम्पती सकिसकेको बुबा गोपाल राइले वताए । उनले भने –‘अव त जग्गा नै सकिसक्यो ।’ छोराको उपचारमा हाल सम्म एघार लाख खर्च भइसकेको उनले वताए । सामान्य कृषि पेशामा नै गरेर खाने परिवारकालागि सो रकम ठुलो हो । मनिषसको घाँटीको उपचार भइरहे पनि कडा दवाई र बिरामी भएको समयमा खाना नखाएकै कारण उनको खुट्टा चल्न छाडिसकेको छ । एउटा रोगको उपचार हुँदै गर्दा अर्को रोगले सताए पछि परिवार झनै चिन्तामा छन् । क्यान्यसरकै थप उपचार गराउन अस्पतालले साढे तीन लाख जम्मा गर्न भनिसकेको छ । अझै खुट्टाको उपचार गराउँदा थप रकम खर्च हुने हुँदा सो परिवार चिन्तामा छ । उपचारसँगै अस्पतालमा लैजाँदा, घर ल्याउन र चितवनमा बस्दाको खुवाई र भाडाले नै उपचारमा भए सो सरह नै खर्च भइसकेको परिवार श्रोतको भनाई छ । एक चोटी उपचार गराउँदा अस्पतालले सात वा पन्ध्र दिन पछि बोलाउने गरेको उनकी आमा सिताले वताइन् । क्यान्सरको उपचारमा प्रयोग परिने केमु चलाउन नै नसक्ने अवस्था भइसकेको परिवार श्रोत वताउँछ । अव लाग्ने खर्च जुटाउन परिवारलाई समस्या भएको छ । कसैले सहयोग गरे पनि छोराको उपचार गराउनमा थप टेवा पुग्ने आमा सिताले वताइन् ।
उनले भनीन् ‘त्यत्रो दिन चितवनमा नै बसौँ भने खाँदा र बस्दा पनि धेरै खर्च हुने फर्किउँ भने पनि गाडी भाडा महंगो लाग्ने सँधै समस्या नै समस्या ।’
कक्षा पाँचमा पढ्दापढ्दै रोगले च्यापेपछि त्यो भन्दा माथी पढ्ने धोको रोगले नै खाइदियो । कलिलै उमेरमा छिप्पीएको रोगले सताउँदा उनको परिवार पिडामा दिन र रात विताईरहेको छ । सहयोग गर्ने कोहि भए छोरालाई वचाउँथ्यौँ आमाले भनिन् । –‘संघसंस्था र ब्यक्तिले सहयोग गरिदिए पछि तिर्ने प्रयास गथ्यौँ ।’ मात्र छोराले पुनरजिवन पाए ढुक्कले काम गर्न पाइने र लागेको रिण तिर्नेमा परिवार विश्वस्त छ । कोहि दानबिर भए सहयोग गरेर उनको उपचारमा सहयोग गरे साँच्ची नै पुण्य मिल्ने थियो कि ?