फागुन २०, काठमाडौँ | आफ्नै अनुयायी माथि बलात्कारको आरोप लागेका सुनसरीको चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी जिल्ला अदालत समक्ष उपस्थित भएका छन् | उनी मंगलबार १२ बजे जिल्ला अदालत सुनसरीमा उपस्थित भएका हुन् |
अदालतमा उपस्थित भएसंगै उनलाई थुनुवा पुर्जी दिएर जेल पठाएको जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालले बताएका छन् | जिल्ला अदालत् सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो | तर उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो | उनी उच्च अदालतको आदेश आउनु अघी नै भारत फरार भएका थिए |
एक महिला अनुयायीले गत कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर प्रहरीले बलात्कारको मुद्दामा अनुसन्धान थालेको थियो |