साउन २, काठमाडौ । विभिन्न माग राख्दै अनसन बसिरहेका डा. गोविन्द केसीकोविरुद्ध "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, काठमाडौ । विभिन्न माग राख्दै अनसन बसिरहेका डा. गोविन्द केसीकोविरुद्ध "/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेडिकल कलेज सञ्चालकहरू डा.केसीको अनसनविरूद्ध सडकमा

२ श्रावण २०७३, आईतवार ०९:४७


साउन २, काठमाडौ । विभिन्न माग राख्दै अनसन बसिरहेका डा. गोविन्द केसीकोविरुद्ध मेडिकल कलेज सञ्चालकहरु प्रदर्सनमा उत्रिएका छन् ।


आफ्ना कलेजमा अध्ययनरत विद्यार्थीलाई अगाडि सारेर मेडिकल कलेजका सञ्चालकहरु प्रदर्शनमा उत्रिएका हुन् ।


आइतबार नेपाल मेडिकल एण्ड डेण्टल कलेज एशोसियशनको ब्यानरमा डा. केसीको अनसनविरुद्ध जुलुस निकालेका छन् । डा. केसीले काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म नयाँ मेडिकल, डेन्टल र नर्सिङ कलेज संचालन गर्न दिन नहुने माग प्रमुखतासाथ उठाएकामा मेडिकल कलेज संचालकहरुले गुणस्तरको वहानामा मापदण्ड पूरा गरेका कलेजहरुलाई सम्बन्धन रोकेर सजाय दिन नहुने बताए ।


उनीहरुले डा. केसीमाथि अस्पताल परिसरमा अनसन गरेर अपराध गरेको आरोप  लगाउंदै डा. केसीले उठाएका माग निजी क्षेत्र विरोधी भएको बताएका छन् । डा. केसी चार बुँदे माग अगाडि सारेर शिक्षण अस्पताल महाराजगञ्जमा अनसन बसेको ८ दिनपुगिसकेको छ । अनसन लम्बिएसँगै डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको उनका सहयोगीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार