साउन २, काठमाडौँ । हाँस्य कलाकार जोडी धुर्मुस–सुन्तलीले भुकम्पबाट प्रभावित दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, काठमाडौँ । हाँस्य कलाकार जोडी धुर्मुस–सुन्तलीले भुकम्पबाट प्रभावित दे"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यानो स्पर्शद्वारा स्वास्थ्य शिविर तथा श्रमदान कार्यक्रमको आयोजना

२०७३, २ श्रावण आईतवार १०:०१


साउन २, काठमाडौँ । हाँस्य कलाकार जोडी धुर्मुस–सुन्तलीले भुकम्पबाट प्रभावित देशबासीको पुनरर्निमाणमा देखाएको सक्रियताबाट प्रभावित युवाहरूको समुहद्वारा सञ्चालित “न्यानो स्पर्श” नामक फेसबुक पेजमा सहभागी युवाहरूले निःशुल्क स्वास्थ्य शिविर एवं श्रमदान कार्यक्रमको आयोजना गरेको छ ।


देशका गहना धुर्मुस सुन्तलीले २०७२ साल को महाभुकम्प पश्चात जसरी देश पुनर्निर्माणमा सक्रियता देखाउनु भयो एकदमै सराहनीय योग्य कदम छ । एक जिम्मेवार नागरिकको हैसियतले राम्रो काम को सुरुवात आ“फैबाट गर्नु पर्छ भन्ने राम्रो सन्देश दिनु भएको छ । उहा“हरुको यो कार्यलाई देश तथा बिदेशबाट सहयोगको लहर नै चलेको छ ।यसै क्रममा सामाजिक सन्जाल मार्फत बनाइएको समुह “न्यानो स्पर्श“ ले धुर्मुश सुन्तली फउन्डेशनको सहकार्यमा गिरानचौर, सिन्धुपाल्चोकमा स्वास्थ्य शिविर तथा श्रमदान कार्यक्रमको आयोजना ग¥यो ।


न्यानो स्पर्श समुहले दिएको जानकारी अनुसार स्वास्थ्य शिविर मा तीन सय भन्दा बढि कामदार तथा गा“उलेहरुले आप्mनो स्वास्थ्य जा“च गराई भ्याक्सिन सुई तथा विभिन्न किसिमको औषधिहरु वितरण गरिएको छ । २ जना डाक्टर, ४ जना नर्स र २ जना पुरुष स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर सफलता पूर्वक सन्चालन गर्नु भएको कुरा गीत क्षत्रीले बताउनु भयो ।


अर्को तर्फ, ३५ जनाको हाराहारी को सदस्यहरु ले श्रमदान गर्नु भएको कुरा सो समुहकी अध्यक्ष स“गीता भट्टराईले बताउनु भयो । “स“धैं सबैका लागि” भन्ने नारा लिएर विभिन्न सामाजिक काम तथा सकारात्मक सन्देश दि“दै आईरहेको उक्त समुहले गिरानचौर पुगेर देश निर्माणको क्रममा सानै भएपनि सहयोग गर्न पाएकोमा एकदमै गर्व लागेको कुरा उक्त समुहको संस्थापक मध्ये एक दिनेश आयरले बताउनु भयो ।


“सामाजिक काम गर्न कुनै साइत जुराइराख्न पर्दैन, कुनै समय पर्खिनु आवश्यक छैन र आजैबाट हामीबाट नै सुरुवात गर्ने हो” भन्दै सिताराम कट्टेल अर्थात धुर्मुशले न्यानो स्पर्श टोलीलाई स्वागत गर्नु भएको थियो । 


“हामीलाई आवश्यक परेको समयमा स्वास्थ्य शिविर लिएर न्यानो स्पर्श टोलि आईपुग्नु भएको छ, एकदमै हौसला मिलेको छ” सिताराम कट्टेल जी थप प्रस्ट्याउनु हुन्छ । मानवता जोगाउनको लागि सक्रिय समुह न्यानो स्पर्श र मानव जोगाउन सक्रिय धुर्मुश सुन्तलीका यी कदमहरु एकदमै सकारात्मक कदम हो । 


हाल ४७० जना सदस्य रहेको न्यानो स्पर्श समुहले समाजमा सकारात्मक कामको छाप छोड्न चाहने व्यक्तिहरु सो समुहमा आवद्ध हुन सक्ने सम्झना थापाले जानकारी गराउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन