साउन २, काठमाडौँ । हाँस्य कलाकार जोडी धुर्मुस–सुन्तलीले भुकम्पबाट प्रभावित दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, काठमाडौँ । हाँस्य कलाकार जोडी धुर्मुस–सुन्तलीले भुकम्पबाट प्रभावित दे"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यानो स्पर्शद्वारा स्वास्थ्य शिविर तथा श्रमदान कार्यक्रमको आयोजना

२ श्रावण २०७३, आईतवार १०:०१


साउन २, काठमाडौँ । हाँस्य कलाकार जोडी धुर्मुस–सुन्तलीले भुकम्पबाट प्रभावित देशबासीको पुनरर्निमाणमा देखाएको सक्रियताबाट प्रभावित युवाहरूको समुहद्वारा सञ्चालित “न्यानो स्पर्श” नामक फेसबुक पेजमा सहभागी युवाहरूले निःशुल्क स्वास्थ्य शिविर एवं श्रमदान कार्यक्रमको आयोजना गरेको छ ।


देशका गहना धुर्मुस सुन्तलीले २०७२ साल को महाभुकम्प पश्चात जसरी देश पुनर्निर्माणमा सक्रियता देखाउनु भयो एकदमै सराहनीय योग्य कदम छ । एक जिम्मेवार नागरिकको हैसियतले राम्रो काम को सुरुवात आ“फैबाट गर्नु पर्छ भन्ने राम्रो सन्देश दिनु भएको छ । उहा“हरुको यो कार्यलाई देश तथा बिदेशबाट सहयोगको लहर नै चलेको छ ।यसै क्रममा सामाजिक सन्जाल मार्फत बनाइएको समुह “न्यानो स्पर्श“ ले धुर्मुश सुन्तली फउन्डेशनको सहकार्यमा गिरानचौर, सिन्धुपाल्चोकमा स्वास्थ्य शिविर तथा श्रमदान कार्यक्रमको आयोजना ग¥यो ।


न्यानो स्पर्श समुहले दिएको जानकारी अनुसार स्वास्थ्य शिविर मा तीन सय भन्दा बढि कामदार तथा गा“उलेहरुले आप्mनो स्वास्थ्य जा“च गराई भ्याक्सिन सुई तथा विभिन्न किसिमको औषधिहरु वितरण गरिएको छ । २ जना डाक्टर, ४ जना नर्स र २ जना पुरुष स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर सफलता पूर्वक सन्चालन गर्नु भएको कुरा गीत क्षत्रीले बताउनु भयो ।


अर्को तर्फ, ३५ जनाको हाराहारी को सदस्यहरु ले श्रमदान गर्नु भएको कुरा सो समुहकी अध्यक्ष स“गीता भट्टराईले बताउनु भयो । “स“धैं सबैका लागि” भन्ने नारा लिएर विभिन्न सामाजिक काम तथा सकारात्मक सन्देश दि“दै आईरहेको उक्त समुहले गिरानचौर पुगेर देश निर्माणको क्रममा सानै भएपनि सहयोग गर्न पाएकोमा एकदमै गर्व लागेको कुरा उक्त समुहको संस्थापक मध्ये एक दिनेश आयरले बताउनु भयो ।


“सामाजिक काम गर्न कुनै साइत जुराइराख्न पर्दैन, कुनै समय पर्खिनु आवश्यक छैन र आजैबाट हामीबाट नै सुरुवात गर्ने हो” भन्दै सिताराम कट्टेल अर्थात धुर्मुशले न्यानो स्पर्श टोलीलाई स्वागत गर्नु भएको थियो । 


“हामीलाई आवश्यक परेको समयमा स्वास्थ्य शिविर लिएर न्यानो स्पर्श टोलि आईपुग्नु भएको छ, एकदमै हौसला मिलेको छ” सिताराम कट्टेल जी थप प्रस्ट्याउनु हुन्छ । मानवता जोगाउनको लागि सक्रिय समुह न्यानो स्पर्श र मानव जोगाउन सक्रिय धुर्मुश सुन्तलीका यी कदमहरु एकदमै सकारात्मक कदम हो । 


हाल ४७० जना सदस्य रहेको न्यानो स्पर्श समुहले समाजमा सकारात्मक कामको छाप छोड्न चाहने व्यक्तिहरु सो समुहमा आवद्ध हुन सक्ने सम्झना थापाले जानकारी गराउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला