९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट आएका १७७ व्यक्ति सम्पर्कमा, सबै क्वारेन्टाइन बाहिर

२१ चैत्र २०७६, शुक्रबार १२:२५

नबीनबाबु अधिकारी | चैत २१, सिन्धुली | सिन्धुलीमा विदेशबाट घर फर्किएका एक सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन् ।  विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरु स्थानीय सरकारको सम्पर्कमा आएका हुन् । स्थानीय तहले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पठाएको विवरण अनुसार हालस विदेशबाट घर फर्किएका एक सय ७७ जना सम्पर्कमा आएको र उनीहरुमाथि निगरानी भइरहेको उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेका अनुसार विदेशबाट आउने व्यक्तिको विवरण सङ्कलन कार्य जारी रहेको छ । विदेशबाट आएका व्यक्तिमाथि निगरानी बढाएको र उच्च ज्वरो र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएमा त्यस्ता व्यक्तिलाई तत्कालै उपचारका लागि स्वास्थ्य संस्थामा पठाउने र ती व्यक्तिको स्वाव परीक्षण गरिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ  । 

विदेशबाट घर फर्किएकामध्ये ८५ जना भारतबाट आएका छन् । भारतबाट घर फर्किएकामध्ये कमलामाई नगरपालिकामा ३२, दुधौली नगरपालिकामा २१, गोलन्जोर गाउँपालिकामा ५, तिनपाटन गाउँपालिकामा ३, हरिहरपुरगढी गाउँपालिकामा ४, फिक्कल गाउँपालिकामा ६ र मरिण गाउँपालिकामा १४ जना रहेका छन् ।  त्यस्तै तेस्रो मुलुकबाट घर फर्किएकाहरुमा कमलामाई नगरपालिकामा ८, दुधौली नगरपालिकामा १८, गोलन्जोर गाउँपालिकामा ३, तिनपाटन गाउँपालिकामा ६, घ्याङलेख गाउँपालिकामा ८, हरिहरपुरगढी गाउँपालिकामा २५, सुनकोसी गाउँपालिकामा ४, फिक्कल गाउँपालिकामा ५, मरिण गाउँपालिकामा १४  गरी कूल ९१ जना छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सवै पालिकालाई पत्राचार गर्दै विदेशबाट आएकाको विवरण सङ्कलन गर्न आग्रह गरेको थियो । स्थानीय तहले दैनिक रुपमा अहिले पनि विवरण सङ्कलन भै रहेको जनाएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । हालसम्म सम्पर्कमा आएका १७७ मध्ये चैत ११ गते यता भारतबाट २ जना मात्र आएका छन् । बाँकी उक्त मितिभन्दा अगाडि नै आएको पाइएको उहाँले बताउनुभयो । 

उहाँले विदेशबाट आएका व्यक्तिलाई वडा कार्यालय तथा स्थानीय जनप्रतिनिधिको सम्पर्कमा रहन आग्रह गर्नुभयो । विदेशबाट आएर होम क्वारेन्टाइनमा बसिरहेको भएपनि त्यस्ता सूचना स्थानीय तह तथा जनप्रतिनिधिलाई दिन उहाँको आग्रह छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सवारी पास दिने कार्य बन्द गराएको छ । कोभिड–१९ को सङ्क्रमण हुनबाट बच्न सरकारले गरेको लकडाउनलाई प्रभावकारी रुपमा लागू गराउन सवारी पास बन्द गरेको सूचना अधिकारी न्यौपानेले जनाएको छ । उहाँका अनुसार, बिहीवार दिउँसो १२ बजे देखि अत्यावश्यक सेवा बाहेक अन्य सवै सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो । 

२०१ शय्याको क्वारेन्टाइन र ३३ शय्याको आइसोलेशन कक्ष

सिन्धुलीमा हालसम्म २०१ शय्याको क्वारेन्टाइन र ३३ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिकामा ५०, दुधौली नगरपालिकामा ३०, गोलन्जोर गाउँपालिकामा २०, तिनपाटन गाउँपालिकामा २०, घ्याङलेख गाउँपालिकामा २४, हरिहरपुरगढी गाउँपालिकामा १७, सुनकोसी गाउँपालिकामा २४ फिक्कल गाउँपालिकामा ८, मरिण गाउँपालिकामा ८ गरी कूल २०१ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । हालसम्म सिन्धुलीमा एक व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिएको छैन ।

यस्तै कमलामाई नगरपालिकामा १४, दुधौली नगरपालिकामा ३, गोलन्जोर गाउँपालिकामा २, तिनपाटन गाउँपालिकामा ८, सुनकोसी गाउँपालिकामा २, फिक्कल गाउँपालिकामा २ र मरिण गाउँपालिकामा २ गरी कूल ३३ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने