२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट आएका १७७ व्यक्ति सम्पर्कमा, सबै क्वारेन्टाइन बाहिर

२०७६, २१ चैत्र शुक्रबार १२:२५

नबीनबाबु अधिकारी | चैत २१, सिन्धुली | सिन्धुलीमा विदेशबाट घर फर्किएका एक सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन् ।  विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरु स्थानीय सरकारको सम्पर्कमा आएका हुन् । स्थानीय तहले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पठाएको विवरण अनुसार हालस विदेशबाट घर फर्किएका एक सय ७७ जना सम्पर्कमा आएको र उनीहरुमाथि निगरानी भइरहेको उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेका अनुसार विदेशबाट आउने व्यक्तिको विवरण सङ्कलन कार्य जारी रहेको छ । विदेशबाट आएका व्यक्तिमाथि निगरानी बढाएको र उच्च ज्वरो र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएमा त्यस्ता व्यक्तिलाई तत्कालै उपचारका लागि स्वास्थ्य संस्थामा पठाउने र ती व्यक्तिको स्वाव परीक्षण गरिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ  । 

विदेशबाट घर फर्किएकामध्ये ८५ जना भारतबाट आएका छन् । भारतबाट घर फर्किएकामध्ये कमलामाई नगरपालिकामा ३२, दुधौली नगरपालिकामा २१, गोलन्जोर गाउँपालिकामा ५, तिनपाटन गाउँपालिकामा ३, हरिहरपुरगढी गाउँपालिकामा ४, फिक्कल गाउँपालिकामा ६ र मरिण गाउँपालिकामा १४ जना रहेका छन् ।  त्यस्तै तेस्रो मुलुकबाट घर फर्किएकाहरुमा कमलामाई नगरपालिकामा ८, दुधौली नगरपालिकामा १८, गोलन्जोर गाउँपालिकामा ३, तिनपाटन गाउँपालिकामा ६, घ्याङलेख गाउँपालिकामा ८, हरिहरपुरगढी गाउँपालिकामा २५, सुनकोसी गाउँपालिकामा ४, फिक्कल गाउँपालिकामा ५, मरिण गाउँपालिकामा १४  गरी कूल ९१ जना छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सवै पालिकालाई पत्राचार गर्दै विदेशबाट आएकाको विवरण सङ्कलन गर्न आग्रह गरेको थियो । स्थानीय तहले दैनिक रुपमा अहिले पनि विवरण सङ्कलन भै रहेको जनाएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । हालसम्म सम्पर्कमा आएका १७७ मध्ये चैत ११ गते यता भारतबाट २ जना मात्र आएका छन् । बाँकी उक्त मितिभन्दा अगाडि नै आएको पाइएको उहाँले बताउनुभयो । 

उहाँले विदेशबाट आएका व्यक्तिलाई वडा कार्यालय तथा स्थानीय जनप्रतिनिधिको सम्पर्कमा रहन आग्रह गर्नुभयो । विदेशबाट आएर होम क्वारेन्टाइनमा बसिरहेको भएपनि त्यस्ता सूचना स्थानीय तह तथा जनप्रतिनिधिलाई दिन उहाँको आग्रह छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सवारी पास दिने कार्य बन्द गराएको छ । कोभिड–१९ को सङ्क्रमण हुनबाट बच्न सरकारले गरेको लकडाउनलाई प्रभावकारी रुपमा लागू गराउन सवारी पास बन्द गरेको सूचना अधिकारी न्यौपानेले जनाएको छ । उहाँका अनुसार, बिहीवार दिउँसो १२ बजे देखि अत्यावश्यक सेवा बाहेक अन्य सवै सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो । 

२०१ शय्याको क्वारेन्टाइन र ३३ शय्याको आइसोलेशन कक्ष

सिन्धुलीमा हालसम्म २०१ शय्याको क्वारेन्टाइन र ३३ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिकामा ५०, दुधौली नगरपालिकामा ३०, गोलन्जोर गाउँपालिकामा २०, तिनपाटन गाउँपालिकामा २०, घ्याङलेख गाउँपालिकामा २४, हरिहरपुरगढी गाउँपालिकामा १७, सुनकोसी गाउँपालिकामा २४ फिक्कल गाउँपालिकामा ८, मरिण गाउँपालिकामा ८ गरी कूल २०१ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । हालसम्म सिन्धुलीमा एक व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिएको छैन ।

यस्तै कमलामाई नगरपालिकामा १४, दुधौली नगरपालिकामा ३, गोलन्जोर गाउँपालिकामा २, तिनपाटन गाउँपालिकामा ८, सुनकोसी गाउँपालिकामा २, फिक्कल गाउँपालिकामा २ र मरिण गाउँपालिकामा २ गरी कूल ३३ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै