साउन ३, भक्तपुर । भक्तपुरमा मङ्गलबारदेखि भूकम्पपीडितको पुनः सर्वेक्षण कार्य सुरु हुने भएको छ ।

भूकम्प प्रभावित आवास पुनःनिर्माणक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३, भक्तपुर । भक्तपुरमा मङ्गलबारदेखि भूकम्पपीडितको पुनः सर्वेक्षण कार्य सुरु हुने भएको छ ।

भूकम्प प्रभावित आवास पुनःनिर्माणक"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पपीडितको पुनः लागत सङ्कलन गरिदै

२०७३, ३ श्रावण सोमबार ०५:३८


साउन ३, भक्तपुर । भक्तपुरमा मङ्गलबारदेखि भूकम्पपीडितको पुनः सर्वेक्षण कार्य सुरु हुने भएको छ ।

भूकम्प प्रभावित आवास पुनःनिर्माणको लागत सङ्कलन कार्यक्रमअन्तर्गत सुरु हुने सर्वेक्षणमा सहभागी कर्मचारीलाई आइतबार र सोमबार दुईदिन तालिम दिएर मंगलबारदेखि घरघरमा खटाइने भएको छ । जिल्ला लागत सङ्कलन व्यवस्थानपन कार्यालय भक्तपुरका निर्देशक धु्रवरत्न बज्रचार्यले लगत सर्वेक्षणमा सहभागी हुने कर्मचारीलाई तालिम दिएर मङ्गलबारदेखि सर्वेक्षणमा खटाइने जानकारी दिए ।

पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित उपत्यका बाहिरका ११ जिल्लाका भूकम्पपीडितको पुनःसर्वेक्षण कार्य सम्पन्न गरिसके पनि उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरमा भने मङ्गलबारदेखि सुरु हुने भएको हो । लगत सङ्कलन एवम् सर्वेक्षणका लागि तथ्याङ्क विभागका इन्जिनियर एवम् सुपरभाइजर १२१ जना, सामाजिक परिचालक १२१ जना र प्रति १० जना सामाजिक परिचालक बराबर एक जनाका दरले सिनियर इन्जिनियर परिचालन गरिने भएको छ ।

आगामी ४५ दिनसम्म सञ्चालन हुने लगत सङ्कलन एवम् पुनःसर्वेक्षण कार्यमा भूकम्प पछि गरिएको लागत सङ्कलन एवम् सर्वेक्षणमा छुटेका भूकम्पपीडितलाई समेत समावेश गरिने भएको छ । बज्रचार्यले भने, ‘भूकम्पपीडितको परिचयपत्र लिएका र विगतका सर्वेक्षणमा नाम छुटेकाको घरघरमा गएर पुनःसर्वेक्षण गरेर लागत सङ्कलन गरिन्छ ।’

भूकम्पपीडितको नामावली छुटेकाले भक्तपुरका ६ वटा नगरपालिकामध्ये आफ्ना सम्बन्धित नगरपालिकामा निवेदन दिनुपर्ने व्यवस्था गरेअनुसार नगरपालिकामा आएका निर्देशनका आधारमा छुटेका भूकम्पपीडितको घर सर्वेक्षण गरिने भएको हो ।

प्राधिकरणले यसअघि ११ वटा जिल्लामा सबै घरमा गएर पुनःसर्वेक्षण गरे पनि यसपटक भने भूकम्पपीडितको परिचयपत्र लिएका र नगरपालिकामा नाम छुटेर आवेदन आएका पीडितको मात्रै पुनःलगत सङ्कलन गरिने भएको हो । भूकम्पपीडितमध्ये नयाँ घर बनाइसकेकाको पनि भूकम्पले भत्काएका घरको तस्बिरको आधारमा सर्वेक्षण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन