साउन ३, भक्तपुर । भक्तपुरमा मङ्गलबारदेखि भूकम्पपीडितको पुनः सर्वेक्षण कार्य सुरु हुने भएको छ ।

भूकम्प प्रभावित आवास पुनःनिर्माणक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३, भक्तपुर । भक्तपुरमा मङ्गलबारदेखि भूकम्पपीडितको पुनः सर्वेक्षण कार्य सुरु हुने भएको छ ।

भूकम्प प्रभावित आवास पुनःनिर्माणक"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पपीडितको पुनः लागत सङ्कलन गरिदै

३ श्रावण २०७३, सोमबार ०५:३८


साउन ३, भक्तपुर । भक्तपुरमा मङ्गलबारदेखि भूकम्पपीडितको पुनः सर्वेक्षण कार्य सुरु हुने भएको छ ।

भूकम्प प्रभावित आवास पुनःनिर्माणको लागत सङ्कलन कार्यक्रमअन्तर्गत सुरु हुने सर्वेक्षणमा सहभागी कर्मचारीलाई आइतबार र सोमबार दुईदिन तालिम दिएर मंगलबारदेखि घरघरमा खटाइने भएको छ । जिल्ला लागत सङ्कलन व्यवस्थानपन कार्यालय भक्तपुरका निर्देशक धु्रवरत्न बज्रचार्यले लगत सर्वेक्षणमा सहभागी हुने कर्मचारीलाई तालिम दिएर मङ्गलबारदेखि सर्वेक्षणमा खटाइने जानकारी दिए ।

पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित उपत्यका बाहिरका ११ जिल्लाका भूकम्पपीडितको पुनःसर्वेक्षण कार्य सम्पन्न गरिसके पनि उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरमा भने मङ्गलबारदेखि सुरु हुने भएको हो । लगत सङ्कलन एवम् सर्वेक्षणका लागि तथ्याङ्क विभागका इन्जिनियर एवम् सुपरभाइजर १२१ जना, सामाजिक परिचालक १२१ जना र प्रति १० जना सामाजिक परिचालक बराबर एक जनाका दरले सिनियर इन्जिनियर परिचालन गरिने भएको छ ।

आगामी ४५ दिनसम्म सञ्चालन हुने लगत सङ्कलन एवम् पुनःसर्वेक्षण कार्यमा भूकम्प पछि गरिएको लागत सङ्कलन एवम् सर्वेक्षणमा छुटेका भूकम्पपीडितलाई समेत समावेश गरिने भएको छ । बज्रचार्यले भने, ‘भूकम्पपीडितको परिचयपत्र लिएका र विगतका सर्वेक्षणमा नाम छुटेकाको घरघरमा गएर पुनःसर्वेक्षण गरेर लागत सङ्कलन गरिन्छ ।’

भूकम्पपीडितको नामावली छुटेकाले भक्तपुरका ६ वटा नगरपालिकामध्ये आफ्ना सम्बन्धित नगरपालिकामा निवेदन दिनुपर्ने व्यवस्था गरेअनुसार नगरपालिकामा आएका निर्देशनका आधारमा छुटेका भूकम्पपीडितको घर सर्वेक्षण गरिने भएको हो ।

प्राधिकरणले यसअघि ११ वटा जिल्लामा सबै घरमा गएर पुनःसर्वेक्षण गरे पनि यसपटक भने भूकम्पपीडितको परिचयपत्र लिएका र नगरपालिकामा नाम छुटेर आवेदन आएका पीडितको मात्रै पुनःलगत सङ्कलन गरिने भएको हो । भूकम्पपीडितमध्ये नयाँ घर बनाइसकेकाको पनि भूकम्पले भत्काएका घरको तस्बिरको आधारमा सर्वेक्षण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने