२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना कहरबीच डेङ्गुको डर, कसरी बच्न सकिन्छ ?

३ जेष्ठ २०७७, शनिबार ०७:५८

रामबहादुर थापा | जेठ ३, बागलुङ | कोरोना कहर मत्थर नहुँदै जिल्लामा देखिएको डेङ्गु सङ्क्रमणले जनसाधारणलाई झस्काएको छ । कोरोना र डेङ्गु भाइरसबाट सँगैसँगै जोगिनुपर्ने भएको छ ।

डेङ्गु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । धवलागिरि अस्पतालमा उपचाररत जैमिनी नगरपालिका–८ की २३ वर्षीया युवतीमा शुक्रबार डेङ्गु लागेको पुष्टि भएको छ ।  

“बिरामीमा शङ्कास्पद लक्षण देखिएपछि जाँच गर्दा डेङ्गुको सङ्क्रमण भेटियो”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भन्नुभयो । सङ्क्रमित युवती गत सोमबार अस्पताल भर्ना हुनुभएको थियो ।

युवतीको अवस्था स्थिर रहेको र थप जाँच गरिने प्रमुख चिकित्सक पोखरेलले बताउनुभयो । उहाँले गर्मी बढेसँगै डेङ्गुको जोखिम थपिएकाले सावधानी अपनाउन सबैमा आग्रह गर्नुभयो । “लामुखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो, सुत्दा झुल टाँग्ने गरौँ, घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरौँ”, उहाँले भन्नुभयो ।

सो जातको लामखुट्टले दिउँसो मात्र टोक्ने भएकाले बाहिर हिँडडुल गर्दा लामो बाहुला भएको लुगा लगाउन, पानी जम्ने पुराना भाँडाकुँडा, ड्रम, टायर आदिलाई घर छेउछाउ नराख्न सुझाव दिनुभयो । 

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले शुक्रबार फेला परेको सङ्क्रमण यो वर्षको पहिलो भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार गत वर्ष जिल्लाका १० जना व्यक्तिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।

“सङ्क्रमित भेटिएको ठाउँमा ‘खोज र नष्ट’ गर अभियान सञ्चालन हुँदैछ, सम्बन्धित स्थानीय तह र स्वास्थ्यचौकीसँग समन्वय भइरहेको छ”, प्रमुख गुरौले भन्नुभयो । लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने उहाँको भनाइ छ ।

उहाँले डेङ्गु फैलिन नदिन घर तथा बसोबास क्षेत्रको सरफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । डेङ्गुविरुद्धको अभियानमा स्थानीय तहको भूमिका र पहल महत्वपूर्ण हुने प्रमुख गुरौको भनाइ छ । स्वास्थ्य कार्यालयले गत वर्ष पनि सदरमुकामलगायतका ठाउँमा ‘माइकिङ’, सन्देशमूलक पर्चा वितरणदेखि सञ्चारमाध्यममार्फत सचेतना जगाउने काम गरेको थियो । 

डेङ्गुको परीक्षण सेवा धवलागिरि अस्पतालमा मात्र उपलब्ध छ । शङ्कास्पद देखिएका व्यक्तिमा डेङ्गु परीक्षण  हुँदै आएको छ । डेङ्गु जाँचका लागि परीक्षण किटको अभाव नरहेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तश्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन् । डेङ्गको खास उपचार नभएकाले लक्षणअनुसार औषधि चलाउने गरिन्छ । गत महिना छिमेकी जिल्ला म्याग्दीमा पनि डेङ्गु देखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर