२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १४५ पुगे, कहाँ कति ?

२०७७, २८ जेष्ठ बुधबार ०४:०५

जेठ २८, कास्की | गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या १४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक थप एक जनामा कोरोना पुष्टि भएको हो ।  

नवलपरासी (बर्दघाट सुस्तापूर्व), देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४० का पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि स्थापना गरिएको उच्चस्तरीय समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

 सङ्क्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको र यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४५ पुगेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये १३९ पुरुष र छ महिला छन् । हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन् ।

स्याङ्जामा ३८, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३५, गोरखामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँ र म्याग्दीमा तीन/तीन तथा लमजुङमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ । गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । सङ्क्रमितमध्ये तीन उपचार गराएर निको भएपछि घर फर्किएका हुन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

कास्कीमा पहिलोपटक कोभिड–१९ पुष्टि भएका ६० वर्षीय एक पुरुषको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । गत जेठ २० गते पोखरास्थित आफ्नै निवासमा अचेत अवस्थामा फेला परेका ती पुरुषलाई यहाँस्थित गण्डकी मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि हेलिकोप्टरबाट काठमाडौँ लगिएकामा राजधानीमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

पेशाले कानून व्यवसायी तथा प्राध्यापक रहेका सङ्क्रमितलाई अस्पताल लैजाँदा उनको सम्पर्कमा पोखराका धेरै प्रतिष्ठित व्यक्तिसमेत पुगेको र पछि उनमा कोभिड–१९ पुष्टि भएपछि त्रास फैलिएको थियो । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा प्रदेश स्वास्थ्य निर्देशनालयले सङ्क्रमितको कन्टयाक्ट ट्रेसिङ गरी ३९ को पिसीआर परीक्षण गरेकामा मङ्गलबार साँझ सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै