2026-06-20 12:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रागिरि नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान

असार ६, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नौ जना अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । चन्द्रागिरि नगरपालिका–११ले आज बिहान आफ्नो वडामा रहेका शारीरिकरुपमा अपाङ्ग भएका व्यक्ति र वृद्धवृद्धालाई विष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालय सतुङ्गलमा सम्मान गरेको हो । 

चन्द्रागिरि नगरपालिका–११ का अध्यक्ष हरिभक्त महर्जनले नेपालमा दिनानुदिन बढ्दै गएको कोभिड–१९ का कारण समस्यामा परेका अपाङ्ग व्यक्ति र ज्येष्ठ नागरिकलाई सम्मान तथा सहयोग गरिएको जानकारी दिनुभयो । उक्त वडाले शारीरिकरुपमा अपाङ्ग भएका व्यक्तिलाई सिरक, डसना, लगाउने कपडा, प्रेसर कुकर, पङ्खा, छाता, माक्सलगायत सामग्री सहयोगसमेत गरेको छ । यस्तै, ज्येष्ठ नागरिकलाई भने कन्फ्लेक्स, बिस्कुट, माक्स र छाता वितरण गरेको छ । 

अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले ज्येष्ठ नागरिकले प्राप्त गरेको अनुभव र ज्येष्ठ नागरिकले समाजमा पु¥याएको योगदानलाई आगामी पुस्तालाई चिनाउनु जरुरी रहेको उल्लेख गर्नुभयो । ज्येष्ठ नागरिक समाजको सम्मानित व्यक्ति भएको उहाँको भनाइ थियो । चन्द्रागिरि नगरपालिकाको ११ वडामा सतुङ्गल क्षेत्र पर्दछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ