साउन ७, काठमाण्डौ । कुनैपनि एउटा बिद्यार्थी जब उच्च शिक्षाको लागी कलेजमा भर्ना हुन्छ, त्यहाँ उसले स्वागत कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाण्डौ । कुनैपनि एउटा बिद्यार्थी जब उच्च शिक्षाको लागी कलेजमा भर्ना हुन्छ, त्यहाँ उसले स्वागत कार्यक"/>
2026-07-03 03:24 PM
काठमाडौँ - KTM

गिरानचौरमा ढुङ्गा बोकाएर बिद्यार्थीको स्वागत

साउन ७, काठमाण्डौ । कुनैपनि एउटा बिद्यार्थी जब उच्च शिक्षाको लागी कलेजमा भर्ना हुन्छ, त्यहाँ उसले स्वागत कार्यक्रममा के पाउछ होला र ? सहजै अनुमान लगाउन सकिन्छ, होटल वा पार्टि प्यालेसमा धुमधामका साथ नाचगान सहितको स्वागत कार्यक्रम । तर काठमाडौको एउटा कलेजले स्वागत कार्यक्रममा उच्च शिक्षाकोलागी आएका नव आगन्तुक बिद्यार्थीहरुलाई ढुङ्गा, माटो, बालुवा दिनभर बोकाएर स्वागत गर्यो । 

काठमाण्डौको सिनामंगलमा रहेको सौर्य इन्टरनेस्नल कलेजले बिहिबार बिद्यार्थीहरुलाई सिन्धुपाल्चोकको गिरानचौरमा निर्माणाधिन धुर्मुस सुन्तली एकिकृत नमुना बस्तीमा लगेर श्रमदान सहित स्वागत कार्यक्रम गरेको छ । बिद्यार्थीहरुले करिब ३ घण्टा श्रमदान गरेको कलेजका किरण खनालले बताए । श्रमदान पछि भएको कार्यक्रममा कलाकार सिताराम कट्टेल (धुर्मुस)ले  प्राय कलेजहरुको स्वागत कार्यक्रमा आफुपनि जाने गरेको तर यस्तो सामाजिक भावानाले स्वागत गरेको पहिलो पटक देखेको त्यो पनि आफ्नै परियोजनामा भन्दै कलेज परिवार प्रती आभार प्रकट गर्दै बिद्यार्थीहरुको उच्च शैक्षिक यात्रालाई शुभकामना दिए । 

कतिपय बिद्यार्थीहरुले भुकम्प सुनेको र टेलिभिजनमा देखेको मात्र तर स्वागत कार्यक्रममा पिडितहरुलाई धुर्मुस सुन्तली संगै केहि सहयोग गर्न पाएको प्रती गर्व महसुस भएको बताए । कार्यक्रममा कलेजका कार्यक्रम निर्देशक दिपक बास्तोलाले “सामाजिक संस्कार युक्त जनशक्ति उत्पादन गर्न स्वागत देखिनै बिद्यार्थीहरुलाई समाज र देशप्रती जिम्बेवार नागरिक बनाउन यसरी स्वागत गरिएको बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली