२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सङ्क्रमितभन्दा निको हुने बढे

२०७७, १ श्रावण बिहीबार ०१:३७

साउन १, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ६९७ जना डिस्चार्ज भएका छन् । यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, बुधबार काठमाडौंँमा सातसहित ११६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ । 

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर परीक्षण भएको छ । 

उनले हालसम्म दुई लाख ९८ हजार ८२९ को पीसीआर परीक्षण गरिएको बताए । गौतमले हालसम्म आइसोलेसनमा छ हजार ११३ जना रहेको जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको जम्मा सङ्ख्या ११ हजार २५ पुगेको छ । 

यस्तै छ हजार ११४ सक्रिय कोरोना सङ्क्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए। देशभरका क्वारेन्टाइनमा २४ हजार ५२७ जना रहेको उनले बताए । गौतमले थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का