२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आस्थाको केन्द्र महाबु तीर्थ यात्रा शुरु

२०७७, १७ श्रावण शनिबार ११:३६

नवीन रिजाल | साउन १७, दैलेख | कर्णालीको निकै प्रसिद्ध तीर्थस्थल मानिएको महाबु धाममा पुग्ने धार्मिक तीर्थयात्रीले यात्रा शुरु गरेका छन् । 

सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला र हुम्लाका हजारौं भक्तजन बर्सेनि पूजाका लागि महाबु धाम पुग्ने गरेका छन् । धाममा प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्छ । महाबु पुग्ने भक्तजन पूजाका लागि जनै पूर्णिमाको अघिल्लो दिन पाटन पुग्नैपर्छ । 

शिवको पूजापाठ गरेपश्चात् दैलेख र कालिकोटलगायत देशैभरका अन्य कूल देवता र मठमन्दिरमा पूजा गर्ने सयौँ वर्ष पुरानो चलन अहिले पनि कायमै रहेको छ । यातायातका साधनमार्फत दैलेख सदरमुकाम हुँदै महाबु पुग्ने तीर्थयात्रीलाई यो वर्ष रोक लगाइएको छ । जिल्लामा कोरोना सङ्क्रमण पुनःबढेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना जारी गरेर यातायातका साधन प्रयोग नगर्न भनेको छ । यातायातका साधन बन्द गरेपछि १७, १८ र १९ गते सम्म लाग्ने महाबु धामको मेला भर्न १५ गतेदेखि नै पैदल यात्रामा तीर्थयात्री उकालो लागेका छन् ।  

महाबु गाउँपालिका, नौमूले गाउँपालिका र कालिकोटको महावै गाउँपालिकाको सिमानामा पर्ने महावु धाममा पैदलयात्रासँगै सवारीसाधन प्रयोग गरेर सजिलै पुग्न सकिने भएपछि गत वर्ष तीर्थयात्रीको सङ्ख्या अत्यधिक भएको भए पनि यो वर्ष सवारीसाधन बन्द गरिएको र कोरोना कहरले गर्दा घट्नसक्ने पूजा समितिले जनाएको छ । 

लेकाली चराचुरुङ्गी, पशुचौपाया र वन्यजन्तुको भीडमा रमाउँदै तीर्थयात्री महाबुसम्म पुग्ने गरेका छन् । समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइको धाम महाबु र कालीकोट महाबु गाउँपालिकाको सिमानामा पर्छ । तीर्थस्थलको नामबाटै यी दुई स्थानीय तहको नामकरण भएको महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार हिउँदमा बाक्लो हिमपात हुने भए पनि वर्षा लागेपछि महाबुमा स्थानीयवासी र भक्तजनको घुइँचो लाग्ने गरेको छ । खान र बस्नको व्यवस्था नभएकाले अधिकांश तीर्थालु घरबाटै ‘टेन्ट’ र ‘म्याट’ लिएर महाबु पुग्ने गरेको उहाँको भनाइ छ । 

पहाडको उकालो चिसो लेक लाग्ने स्थानमा रहेको शिवको दर्शन गर्न दैलेख, सुर्खेत, कालिकोट, नेपालगञ्ज, काठमाडौँ र भारतबाट समेत मानिस आउने गरेको महाबु गाउँपालिकाका अध्यक्ष शाहीले बताउनुभयो । महाबु पुग्ने यात्रुका लागि उचित बासस्थान नभएर सधैँ समस्या हुने गर्दछ । अग्ला पहाडका ढुङ्गाको चरोभित्र बसेर पनि यात्रुले रात गुजार्नै गर्दछन् । यो वर्ष लगातार वर्षात् भएकाले चिसो बढ्नसक्ने देखिएको छ । रमणीय पाठन लेक, बुकी झार, उच्च भागमा पनि समतल भूभागको मनोरम दृश्यावलोकन र एउटा मात्र वर मागे पूरा हुने विश्वासका कारण महाबु धाममा धार्मिक पर्यटकको चाप वर्षेनि बढ्दै गएको छ ।

एक हजार वर्ष पहिले दैलेख भूर्तीका बोल्न नसक्ने आचार्य ब्राहमणका छोरा पाटनमा भैँसी चराउन गएका बेला ढुङ्गामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुङ्गामा दिनहुँ दूध चढाएका र पछि ढुङ्गा फुटेर शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती छ । अहिले पनि शिवलिङ्ग आकारकै ढुङ्गामा पूजापाठ गरिन्छ । एउटा मात्र वर मागे पूरा हुने विश्वासले मानिस दर्शनका लागि जाने गर्दछन् । भूर्तीका आचार्य ब्राहमणले शिवलिङ्गमा दूध चढाउने र कालिकोटका काफ्लेले शिव देवताको पहिलो पूजा पाठ गर्ने गर्दछन् ।  

दुई स्थानमा सुरक्षाकर्मी खटाउने तयारी

दैलेख हुँदै महाबु धाम जाने तीर्थयात्रीका लागि र कालिकोटबाट महाबु आउने तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै दुई स्थानमा सुरक्षा निकायको टोली खटाउने तयारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो । सामाजिक दूरी कायम गरेर पूजापाठको व्यवस्थापन गरिएको छ । मानिसलाई धेरै बेर हुल गरेर बस्न नदिने र पूजासक्नेबित्तिकै फर्कने व्यवस्थापन मिलाउने तयारी प्रशासनले गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल