साउन ११, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ विश्वविद्यालयको प्रवेश परीक्षाका सम्बन्धमा संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएर कुनै पनि हस्तक्षेप नगरिएको स्पष्ट पारेको छ । 

व्यवस्थापिका–संसद्, अनुगमन तथा सुशासन स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ विश्वविद्यालयको प्रवेश परीक्षाका सम्बन्धमा संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएर कुनै पनि हस्तक्षेप नगरिएको स्पष्ट पारेको छ । 

व्यवस्थापिका–संसद्, अनुगमन तथा सुशासन स"/>

2026-07-03 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राज्ञिक स्वतन्त्रताप्रति आयोग सजग छ – अदुअआ

साउन ११, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ विश्वविद्यालयको प्रवेश परीक्षाका सम्बन्धमा संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएर कुनै पनि हस्तक्षेप नगरिएको स्पष्ट पारेको छ । 

व्यवस्थापिका–संसद्, अनुगमन तथा सुशासन समितिको आजको बैठकमा आयोगका सचिव शान्तराज सुवेदीले भन्नुभयो – “संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएर हस्तक्षेप गरिएको छैन, अनुसन्धानको सीमा ननाघेको स्पष्ट गर्न चाहन्छु ।” 

सक्षम, योग्य र जेहेन्दार विद्यार्थीको प्रतिस्पर्धाका आधारमा चिकित्साशास्त्रमा अध्ययन गर्न पाउने अधिकार हनन हुन लागेको भनी परेको उजुरीलाई चुप लागेर मूकदर्शक भएर हेरेर बस्ने कुरा नहुने उहाँले बताउनुभयो । 

विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रताप्रति आयोग सदैव सजग र गम्भीर रहेको बताउँदै सचिव सुवेदीले परीक्षामा अनियमितता गरिएको भनी पटक पटक उजुरी आएपछि संवैधानिक कर्तव्य र दायित्व अनुरुप सत्य तथ्य पत्ता लगाउन ‘वाच डग’को भूमिका निर्वाह गरेका हौँ भन्नुभयो । 

विश्वविद्यालयका पदाधिकारीसँगको समझदारीमा त्यसको स्वायत्ततालाई ख्याल राख्दै बाहिरी तहमा रहेर प्रश्नपत्र निर्माण र परीक्षा सञ्चालनको अनुगमन निरीक्षण गरिएको स्विकार्दै आयोगले यसमा प्रत्यक्ष हस्तक्षेप र संलग्नता नरहेको जनाएको छ । 

एमडी, एमएस र एमबिबिएस परीक्षामा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र नतिजा प्रकाशनका विषयमा आयोगबाट हस्तक्षेप भएको भन्ने समाचार बाहिर आएसँगै समितिले विश्वविद्यालयका पदाधिकारी र आयोगसँग जानकारी माग गरेको हो । 

विश्वविद्यालयले अघिल्लो वर्ष सञ्चालन गरेको चिकित्साशास्त्र सङ्कायको परीक्षामा समेत अनियमितता र धाँधली भएको गुनासो आएपछि आयोगले नेपाल मेडिकल काउन्सिललाई छानबिन गर्न निर्देशन दिएको थियो । 

काउन्सिलले दिएको छानबिन प्रतिवेदनमा भर्नाका लागि सञ्चालन गर्ने प्रवेश परीक्षाको प्रक्रिया, निर्णयकापी तथा अभिलेख नराखिएको, क्रम सङ्ख्यानुसारको ‘सिट प्लानिङ’ नगरिएको तथा नियम विपरीतका व्यक्तिलाई परीक्षामा खटाइएको भनी परीक्षा प्रणालीमा सुधारको आवश्यकता औँल्याइएको छ । 

परीक्षालाई वैज्ञानिक र विश्वसनीय बनाउनु पर्ने आवश्यकतामा जोड दिँदै आयोगले मेधावी विद्यार्थीको भविष्यमाथि हुन सक्ने खेलबाड र परीक्षा प्रणालीमा अनियमितताको आशङ्कासहितको उजुरीका आधारमा बाहिरी घेरामा रहेर अनुसन्धान गरेको हो । 

उजुरीमा आफ्ना मान्छेलाई उत्तीर्ण गराउन एउटै लहरमा राखेर सहयोग पु¥याउने तथा सिट प्लानिङ गर्दा नै अत्यन्त धाँधली गर्ने गरिएको जनाउँदै त्यस्तो कार्यमा संलग्नलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरिएको आयोगले जनाएको छ । 

बैठकमा सदस्यहरुले विश्वविद्यालयमा आन्तरिक द्वन्द्व मिलाउन नसकेका कारण परीक्षाको नाम जोडिएर विषयवस्तु छताछुल्ल भएको हुन सक्ने आशङ्का गर्नुभयो । उहाँहरुले भन्नुभयो – “जनताले निकै आशा र भरोसा गरेको बलियो संस्थाका रुपमा रहेको आयोगलाई कमजोर तुल्याउने र उसले प्राप्त गरेको अधिकारलाई खोस्ने नियतका साथ घटनालाई उचाल्ने काम भएको छ । 

केही सदस्यले भने लोकतन्त्रको सौन्दर्य भनेको कानुनी शासन, विधि र प्रक्रिया हुन् भन्दै बेनामी एउटा उजुरीका आधारमा आयोग जस्तो संवैधानिक अङ्गको पछि दगुर्न नहुने तर्क प्रस्तुत गर्नुभएको थियो । 

समितिले काठमाडाँ विश्वविद्यालय चिकित्साशास्त्र सङ्कायबाट सञ्चालन हुने परीक्षामा आयोगको संलग्नता बारेमा प्रमुख आयुक्त लोकमानसिंह कार्की सहितका पदाधिकारीलाई जानकारी लिन आजको बैठकमा आमन्त्रण गरेको थियो । 

प्रमुख आयुक्त कार्कीले आफूलाई घाँटीमा अचानक सङ्क्रमण भई बोल्न समस्या भएको तथा चिकित्सकले एक साताका लागि एन्टियोबायोटिक औषधि दिएकाले काबुबाहिरको परिस्थितिका कारण उपस्थित हुन नसक्ने भनी सचिव सुवेदीले समितिलाई जानकारी दिनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम