२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

प्रदेश नं १ मा ११२ सङ्क्रमित थपिए

२०७७, १३ भाद्र शनिबार १२:०९

भदौ १३, विराटनगर, (रासस) : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ११२ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोमध्ये ३४ महिला, ७८ पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९/१९, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका एक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विराटनगरमा २१ जना कोरोनाबाट सङ्क्रमित पुष्टि भएको छ । जसमा महिला १० र पुरुष ११ छन् । मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितमा मोरङको कटहरीमा छ महिला, नौ पुरुष, पथरी शनिश्चरेमा सात पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, बेलबारी र सुनबर्सीमा एक/एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 

यस्तै, जिल्ला बाहिर सुनसरीको इटहरीमा दुई महिला र सात पुरुष, दुहवीमा तीन महिला र छ पुरुष, धरानमा दुई महिला र चार पुरुष, झापाको दमकमा सात महिला र नौ पुरुष, झापा गाउँपालिकामा एक महिला र दुई पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा एक महिला र १८ पुरुष, सङ्खुवासभाको खाँदबारीमा दुई पुरुष तथा प्रदेश बाहिरकी एक महिलामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा हालसम्ममा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या तीन हजार २१६ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर नौ जना घर फर्केका छन् । घर फर्किनेमा झापा मेचीनगरको धाइजन आइसोलेसन केन्द्रका नौ जना छन् ।

हालसम्ममा यस प्रदेशमा डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ५२५ पुगेको छ भने पछिल्लो २४ घण्टाको अवधिमा एक हजार २२० जनाको पिसीआर परीक्षण भई हालसम्ममा ८६ हजार ४२२ जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन