गण्डकीमा ७६ जना कोरोना सङ्क्रमित थपिए

साझासवाल

<p>&nbsp;भदौ २२, गण्डकी (रासस) । गण्डकी प्रदेशमा आज बिहानै ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५९८&nbsp; पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोजविन्दु शर्माले जानकारी दिनुभयो ।</p><p>थपिएकामध्ये पोखरा महानगरपालिकाका ३१ , नवलपरासीपूर्वका १५ , गोरखाका १८ र&nbsp; &nbsp;तनहुँका तीन जना रहेको निर्देशनालयले जनाएको छ । पोखरामा थपिएकामध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र आठ&nbsp; पुरुष हुनुहुन्छ ।त्यस्तै मेडिसिटी अस्पतालमा उपचाररत दुई , पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत&nbsp; दुईदुई स्टाफ नर्स र&nbsp; &nbsp;सहयोगी हुनुहुन्छ । सङ्क्रमित सबैलाई आइसोलेशन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।&nbsp;</p><div><br></div>

Leave a Comment

Leave a Reply