२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक यातायात तत्काल सञ्चालन नगर्न सुझाव

२०७७, २३ भाद्र मंगलवार १६:०१

भदौ २३, काठमाडौँ (रासस) उपत्यका नगरपालिका फोरमले उपत्यकमा तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नरहेको बताएको छ । फोरमको आज बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाई अन्य सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गर्न सुझाव दिएको छ ।   

काठमाडौँ उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाइ गर्न पनि बैठकले माग गरेको छ ।   फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बैठकमा उपत्यकाभित्रको जनजीवन खुकुलो बनाउँदै नाकामा भने सेना खटाएर भए पनि कडाइ गर्न सङ्घीय सरकार र तीन वटै जिल्ला प्रशासनसँग माग गरिने बताउनुभयो ।

महामारीको जोखिम घटेर होइन, जीविकोपार्जनका दृष्टिबाट जनजीवन असहज बन्न थालेपछि यस्तो निर्णय गरिएको ललितपुर महानगरका  प्रमुख महर्जनले बताउनुभयो ।  फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “भदौ २५ गतेदेखि उपत्यका प्रवेशका सबै प्रवेश विन्दुमा कडाइ गरी जोखिम न्यूनीकरणलाई ध्यानमा राखी सुरक्षा सतर्कतासाथ स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा गर्ने–गराउने गरी निषेधाज्ञा खुकुलो गर्दै जाने निर्णय गरेका छौँ ।’  

बैठकमा उपत्यकाका १८ वटै नगरपालिकाले पछिल्लो निषेधाज्ञा अवधिमा उपत्यकामा करिब ३८ हजारको कन्ट्याक्ट ट्रेसिङ गरेको पनि जानकारी दिइएको छ । पाँच हजार शय्याको क्वारेन्टिन र ६ हजार शय्याको आइसोलेशन  बनाउने ठाउँ पहिचान भएको छ ।

निषेधााज्ञासँगै रोकिएको स्थानीय तहको सेवा भदौ २५ देखि नियमित गर्ने निर्णय बैठकले गरेको छ । नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि पटकपटक उपत्यका प्रवेश नाकामा कडा गर्न र उपत्यकाभित्रको जनजीवन भने सहज बनाउन माग गर्दै आउनुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध