२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

२०७७, २४ भाद्र बुधबार ०८:३७

 भदौ २४, पोखरा (रासस) : पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाउनुभएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा  कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाउनुभएको हो । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उहाँलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो ।

अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उहाँको नाम ३४ नम्बरमा छ । विसं २०२६  यताका गुल्मपतिमा उहाँ पहिलो महिला हुनुहुन्छ भने नेपालमा दोस्रो गुल्मपति हुनुहुन्छ । नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति हुनुभएको थियो ।

जिम्मेवारी बहनसँगै रासससँगको कुराकानीमा गुरुङले भन्नुभयो, “तीन दशक लामो  प्रहरी सेवामा शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिएर काम गर्दै आएकी छुु, गुल्मपतिको जिम्मेवारीलाई पनि यसको काम, कर्तव्य । अधिकारभित्र रहेर उत्कृृृष्ट बनाउनेतर्फ केन्द्रित हुनेछु ।” उहाँले गुल्मपतिको जिम्मेवारीले आफूलाई थप ऊर्जा र उत्साह थपेको बताउनुभयो । 

आपत्कालीन ब्याक फोर्सका रुपमा रहने गुल्ममा उहाँको नेतृत्वमा ११० प्रहरी रहनेछन् । गुल्ममा सशस्त्र हतियारसहितका प्रहरी सेवा सञ्चालनसम्बन्धी विविध तालिम प्रदान गरिन्छ । यसअघि उहाँले  दुई दशक लामो समय जिल्ला प्रहरी कार्यालय कास्कीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुखको  जिम्मेवारी बहन गर्दै आउनुभएको थियो । 

कास्कीमा हुने विभिन्न आन्दोलन तथा प्रदर्शनमा हुने दङ्गा र भीड नियन्त्रणमा नेतृत्व गर्दै समन्वयकारी भूमिकासमेत गुरुङले बहन गर्नुभएको छ । विसं २०७२ सालमा मानव बेचबिखनविरुद्ध प्रभावकारी काम गरेको मूल्याङ्कनका आधारमा महिला तथा बालबालिका मन्त्रालयबाट सम्मानित हुनाका साथै दर्जनभन्दा बढी सङ्घसंस्थाबाट उहाँ सम्मानित भइसक्नुभएको छ ।

गुरुङले प्रहरी सेवामा पछिल्लो समय महिलाको गर्विलो उपस्थिति निकै सकारात्मक भएको धारणा राख्नुभयो । प्रहरी सेवामा महिला सहभागिताले लैङ्गिक समावेशीकरण कायमका साथै समतामूलक र न्यायिक समाजको लागि भूमिका खेल्ने विश्वास उहाँको छ । उहाँले २०४९ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रारम्भ गर्नुभएको हो । उहाँले  विसं २०६७ मा प्रहरी निरीक्षकमा बढुवा भएर आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्दै आउनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध